arrow

बझाङ कांग्रेसमा सिंह, हारेको झोंकमा बोहरा पक्षले गर्‍याे ढुङ्गामुढा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार ५ आइतबार
congress-flag-11111.jpg.jpeg
बझाङ । नेपाली कांग्रेसको १३औ जिल्ला अधिवेशनबाट सभापतिमा हर्कजङ्ग बहादुर सिहं विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा सभापतिमा हर्कजङ्ग बहादुर सिहंले २ सय ४१ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी खडक बोहराले १ सय ५१ मत ल्याएर पराजित भए ।  
 
जम्मा ४ सय २७ मत खसेकामा ३५ मत बदर भएको निर्वाचन अधिकृत एकेन्द्र राज जोशीले जानकारी दिए । शनिबार भएको मतदानमा हर्कजङ्ग सिहं, खडक बोहरा र रमेश भण्डारीबीच प्रतिस्पर्धा हुँदा स्पस्ट रुपमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः निर्वाचन गर्नु परेको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । 
 
सचिव र सदस्यहरुको मत गणना भइरहेको बताइएको छ । आइतबार भएको निर्वाचनमा रमेश भण्डारी पक्षले कार्यकर्तासहित हर्कजङ्ग सिहंको पक्षमा मतदान गरेपछि सिहं विजयी  भएका हुन् । सिहंलाई नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति पृथ्बी सिंहको समर्थन समेत थियो । बोहरालाई पूर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजङ्ग बहादुर सिहंको समर्थन थियो ।  सिहं नेपाली कांग्रेसका जिल्ला उपसभापति हुन् भने बोहरा क्षेत्रीय सभापति हुन् ।
 
मत परिणाम सार्वजनिक भएलगत्तै बोहरा पक्षले मत गणना भइरहेको बालमन्दिर निमावि नजीकै ढुङ्गामुढा प्रहार गरेका थिए । ढुंगा प्रहार बाट ५ जना प्रहरीलाई चोट लागेको प्रहरी सहायक निरिक्षक रामचन्द्र भट्टले जानकारी दिए । प्रहरीलाई ढुंगा हान्नेहरुको खेजी भइरहेको भट्टले बताए । सिहं पक्षले विजय जुलुस निकाल्दा अपशब्द बोलेको बोहरा पक्षको आरोप छ । सिहंपक्षले भने आफुहरुले कुनै नारा जुलुस र अपशब्द नगरेको बताएको छ । ढुंगा प्रहारपछि सदरमुकाम चैनपुरमा केही बेर तनाव भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ