arrow

१०६ बर्षको उमेरमा ओलम्पिक दीप बोक्ने आइडा इतिहासकै सवैभन्दा बृद्ध महिला

logo
प्रकाशित २०७३ असार ५ आइतबार
olampic-torch.jpg.jpeg
रियो डे जानेरो । नभकला (स्काइडाइभिङ्ग) मा निपूर्ण भएको तीन बर्षपछि आइडा जेमाङक्यु नामक एक बृद्धा ओलम्पिक दीप (टर्च) बोक्ने सवभन्दा जेठो उमेरको महिला  भएकी छन् । उनले ब्राजिलको आमाजोनेली महानगर भनि परिचित माहापामा उक्त ओलम्पिक टर्च लिई प्रदर्शन गरेकी छन् । 
 
यस अघि १०१ बर्षीय बृद्ध अलेक्ज्यान्डर कप्टारेन्कोले सन् १०१४ मा आयोजित सोची २०१४ शितकालीन ओलम्पिक्स् खेलमा उक्त टर्च बोकेका थिए । यस रिकर्डलाई पनि हाल १०६ बर्षकी आइडाले  जितेकी हुन्  । 
 
ओलम्पिक दीप बोक्ने यस कार्यबाट आफू अत्यन्तै उल्लासित र कृतज्ञ भएको आइडाले बताएकी छन् । आफ्नु जिवनमा यस्तो उल्लासमय कार्य होला भन्ने आफूले नचिताएको रियो २०१६ नामक वेभसाइडमा उनले बताउएकी हुन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ