arrow

यो सरकारले निर्वाचन गराउन सक्दैन : केसी

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असार ५ आइतबार
arjun.jpg.jpeg
विराटनगर । कांग्रेस नेता अर्जुन नरसिंह केसीले अहिलेकै अवस्थामा स्थानीय निकायको चुनाव हुन नसक्ने बताएका छन् । प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले नेकपा एमाले नेतृत्वको सरकारले प्रतिपक्षीसंग परामर्श नगरी आफुखुसी निर्वाचन गर्ने तयारी गरेको बताउँदै अहिलेकै अवस्थामा निर्वाचनमा जान नमिल्ने बताएका हुन् ।  
 
निर्वाचनमा जादाँ मधेसी र आदीवासीको समस्या सामधान गर्नु पर्ने बताउँदै उनले मधेसमा सृर्जित समस्या सामधान नगरी निर्वाचनमा जान नहुने बताए । केसीले भने, ‘कांग्रेस निर्वाचनमा जानपछि पर्दैन । यद्यपि, छलफल नगरी तयारी गरेकाले त्यसको विरोध गरेका हौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या सामधान गर्न भन्दापनि प्रतिपक्षीलाई दोष देखाउन चुनाव गराउने योजना बनाएको केसीको आरोप छ । 
 
उनले अहिलेकै सरकारले चुनाव गराउन पनि नसक्ने बताए । संसदको ठुलो पार्टी कांग्रेसको नेतृत्वमा सहमतिय सरकार बनाउनु उनको भनाई छ । सहमतीय सरकार बनेपछि मात्र मधेस र आदीवासीको समस्या सामधान गरी चुनाव गराउनु पर्नेमा केसीको जोड छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ