arrow

उपत्यकाव्यापी टेबल टेनिसमा काठमाडौं पहिलो

logo
प्रकाशित २०७३ असार ५ आइतबार
table-tenis-ktm.jpg.jpeg
काठमाडौं । ओलम्पिक डेको अवसरमा आयोजित उपत्यकाव्यापी टिम टेबलटेनिस प्रतियोगिताको पुरुषमा काठमाडौं पहिलो भएको छ । आइतबार भएको खेलमा ललितपुर दोश्रो र भक्तपुर तेश्रो भए । स्पोर्ट्स फर अल कमिसन तथा अखिल नेपाल लनटेनिस संघले संयुक्त रुपमा गरेको प्रतियोगिताको महिला टिम इभेन्टमा ललितपुर पहिलो, काठमाडौं दोश्रो र भक्तपुर तेश्रो बने ।
 
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगिताका विजेतालाई टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, ओलम्पियन संगीना वैद्य, टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले पुरस्कृत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ