काठमाडौं। समुह 'ए'को अन्तिम खेलहरुबाट फ्रान्स र स्विजरल्याण्ड रोउण्ड अफ सिक्सटिन आफ्नो स्थान बनाएका छन् भने आल्बानियाले अरु समुहको तेस्रो हुनेको अंक कुर्नु पर्ने भएको छ।
फ्रान्स र स्विजरल्याण्डले गोल रहित बराबरी खेले पछि १-१ अंक बाँड्दा ३ खेलमा फ्रान्सको ७ र स्विजरल्याण्डको ५ अंकका साथ पहिलो र दोस्रो स्थान हासिल गरेका थिए।
त्यसैगरि अल्बानियाले रोमानियालाई पराजित गर्दै ३ खेलमा तीन अंक प्राप्त गरेर समुहमा तेस्रो भएको छ। यस पालीको युरो २०१६मा समुहमा तेस्रो भएका मध्य ४ वटा टोली दोस्रो चरणमा प्रवेश गर्न सक्ने प्रावधान राखिएको छ।
खेलको अरमान्डो साडिकुले ४३औं मिनेटमा गोल गर्दै अल्बानियालाई अग्रता दिलाएका थिए। उक्त गोल नै अल्बानियालाई बिजय गराउन पर्याप्त रहेको थियो।