arrow

हंगेरी, बेल्जियम र पोर्चुगलले अनुशासन मिचेकै हुन्: युएफा

logo
प्रकाशित २०७३ असार ६ सोमबार
portugle.jpg.jpeg
एजेन्सी । यूरोपीयन फुटबल संघ युएफाले फ्रान्समा जारी यूरोकप फुटबलमा सहभागि हंगेरी, बेल्जियम र पोर्चुगलका फुटबल संघमाथि अनुशासन उल्लंघनको आरोप लगाएको छ । यी राष्ट्रका समर्थकले देखाएको उदण्ड र उग्र व्यवहारका कारण फुटबल संघलाई अनुशासन उल्लंघनको आरोप लागेको हो । 
 
हंगेरीको फेड्रेशनमाथि उसका समर्थकले हुलदंगा गरेको, आतिशवाजी गरेको र आइलयाण्डविरुद्धको खेल बराबरी भएपछि मैदानमा आगोको लप्का तथा बोतल फालेको आरोप लागेको छ । 
 
यस्तै, युएफाले बेल्जियमको संघमाथि आतिशबाजी गरेको र आयरल्याण्डविरुद्ध जित हासिल गरेपछि मैदानमा बस्तु फालेको आरोप लगााएको छ । पोर्चुगललाई अष्ट्रियासंगको खेल बराबरीभएपछि मैदानबाट बाहिरिने क्रममा धावा बोलेको भन्दै अनुशासन तोडेको आरोप लागेको छ ।
 
 हंगेरीमाथि लागेको आरोपका सन्दर्भमा भोली सुनुवाई हुनेछ भने, बेल्जियम र पोर्चुगलबारेको तारिख तय भएको छैन । यस्तै, आज गएको शुक्रबार सेन्ट इटियेनमा क्रोएसिया र चेक रिपब्लिकबीच भएको खेलमा क्रोएसिन समर्थकले गरेको उदण्ड व्यवहारबारे कारबाही गर्ने नगर्ने विषय निर्धारण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ