एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १४ जनाको मृत्यु र ८ जना घाईते भएको रोयटर्सले जनाएको छ। आक्रमणमा परेको मिनिबसले नेपाली सुरक्षा कामदार बोकेको जनाईएको छ।
अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ताका अनुसार १४ जनाको मृत्यु र आठ घाईते भएको पुष्ठी भएको छ। मृत्यु हुनेहरुमा कतिजना नेपाली छन् भन्ने संख्या यकिन भैसकेको छैन्।
रमादाको महिनामा आख्रमण भएकोले बजारमा रहेका मान्छेहरु पनि घाईते भएको जनाईएको छ। तालिबानले उक्त आख्रमणको जिम्मेवारी लिएको छ।
गत महिना कानुन मन्त्रालयका कर्मचारी चढेको बस आक्रमणमा परेको थियो।
(अपडेट)