arrow

सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ : नेता पौडेल

logo
प्रकाशित २०७३ असार ६ सोमबार
ramchandra.jpg.jpeg
इनरुवा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताएका छन्  । 
 
नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्ने बेला आएकाले सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गरी निकासको मिलन बिन्दु खोज्नुपर्ने धारणा राखे  । 
 
वरिष्ठ नेता पौडेलले जहिले पनि द्वन्द्व र आन्दोलनले निकास दिन नसक्ने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह गरे । 
 
पौडेलले अहिले जारी भएको नयाँ संविधानअनुसार गाउँपालिका, नगरपालिका र स्थानीय तथा प्रादेशिक चुनाव र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ को माघ ७ गतेभित्र गरी सक्नुपर्ने भएकाले त्यसका लागि सरकारले साझा सहमति खोज्नुपर्ने बेला आएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ