arrow

'व्यवस्था भए सरकार रहन्छ, नभए के सरकार, के राजनीतिक दल ?'

'संविधान पुनःलेखन असम्भव'

logo
प्रकाशित २०७३ असार ६ सोमबार
ramchandra.jpg.jpeg
विराटनगर। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पुनःलेखन सम्भव नभएको बताएकाछन्।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विभिन्न राजनीतिक दलले उठाएका माग सम्बोधन गर्न आफूहरु संविधान संशोधनका लागि तयार भइरहेको अवस्थामा संविधान पुनःलेखनको माग उठाउनु जायज नभएको बताए।
 
वरिष्ठ नेता पौडेलले सहमतिको सरकारको भन्दा व्यवस्थाको चिन्ता गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै उनले भने–“व्यवस्था भए सरकार आइरहन्छ, गइरहन्छ, व्यवस्था नै नभए न त सरकार रहन्छ, न राजनीतिक दलहरु नै रहन्छन्।”
 
स्थानीय निकायको निर्वाचनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले आफूहरु निर्वाचनका लागि तयार भइरहेको अवस्थामा सरकारले सल्लाह नै नगरी कार्ययोजना ल्याएकामा असन्तुष्टि व्यक्त गरे।
 
उनले कार्ययोजनामा छलफल गरेर भए पनि स्थानीय निकायदेखि सङ्घीय संसद्को निर्वाचन गराउनुपर्ने धारणा व्यक्त गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ