arrow

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन बुधबार ३ बजे

logo
प्रकाशित २०७३ असार ६ सोमबार
nirbachan-new-FNL.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको महत्तपूर्ण र शक्तिशाली मानिने संसदीय सुनुवाई विशेष समितिको सभापति चयनका लागि वुधबार निर्वाचन हुने भएको छ । निर्वाचन वुधबार ३ बजे हुने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरको विज्ञप्तीमा उल्लेख छ । 
 
विज्ञप्तीमा ‘संसद नियमावीको अनुसुची ९ बमोजिमको ढाँचामा अर्को कुनै सदस्यको समर्थन र निर्वाचित भएमा सभापतिको कार्य गर्न राजी छु भन्ने व्यहोराको प्रस्तावित सदस्यहरुको मन्जुरी रहेको निस्सा सहितको प्रस्तावको सूचना मिति २०७३ असार ७ गते मंगलबार दिनको ५ः०० बजेसम्म व्यवस्थापिका संसदको महासचिव समक्ष दिनसक्ने व्यहोरा अनुरोध छ’–भनिएको छ । 
 
विहान सभामुख ओनसरी घर्तीमगरको कार्यकक्ष सिंहदरबारमा बसेको बैठले सभापतिको निर्वाचन र सुनुवाई समितिको कार्यविधिबारे टुंगो लगाएको हो । समितिका जेष्ठ सदस्य एवं यसअघिको समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा सभामुखले छलफल गराएकी हुन् । बैठकमा समितिमा सिफारिस भएका १४ सदस्य सहभागि थिए ।
 
सुनुवाई समितिको संख्या र कार्यविधिबारे दलहरुबीच लामो समय विवाद भएपछि आइतबार संसदले कार्यसञ्चालन नियमावली बहुमतबाट पारित गरेको थियो । नियमावली पारित भएसंगै यसबारे रहेको दलहरुको मतभेद अन्त्य भएको छ । यसअघि प्रमुख विपक्षी कांग्रेस संसदीय समिति पुरानै नियमावली अनुसारको  ७५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएको थियो । आइतबार कांग्रेस सहमत भएपछि संसदमा नियमावली पारितको बाटो खुलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ