arrow

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर सिटीले गर्‍यो आफ्नै कीर्तिमानको बराबरी  

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
mancity-arsenal1.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै रहेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि उसकै मैदानमा जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा सिटीलाई १–० गोल अन्तरले जित दिलाउन रहिम स्ट्रर्लिङले दोस्रो मिनेटमै निर्णायक गोल गरे । 

यो जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ । सिटीले सन् २०१७ मा आफैंले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ ।

अन्य खेलको नतिजा
म्यान्चेस्टर युनाइटेड ३–१ न्यूकासल युनाइटेड
वेष्टह्याम युनाइटेड २–१ टोटनह्याम हट्सपर
एस्टनभिल्ला १–२ लेस्टर सिटी

अंक तालिका 
२५ खेलबाट ५९ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ४९ अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको ४९ अंक छ । चौथो स्थानको वेष्टह्याम युनाइटेडको ४५ अंक छ । 

पाँचौं स्थानको चेल्सीको ४३ अंक छ । छैटौं स्थानको डिफेन्डिङ च्याम्पियन लिभरपुलको ४० अंक छ । एक खेल कम खेलेको एभर्टनको पनि ४० अंक नै छ । ३४ अंकसहित आर्सनल दशौं स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ