arrow

इन्डोनेसियामा बाढी र पहिरोबाट ४३ को मृत्यु

logo
प्रकाशित २०७३ असार ६ सोमबार
indonesia-landslide-death-exlarge-169.jpg.jpeg
जाकार्ता । पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या सोमबार ४३ पुगेका छ । यस बाढी र पहिरोमा परी अन्य १९ जना बेपत्ता भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले सोमबार जानकारी दिएका छन् । 
 
उद्धारकर्ताहरुले जारी राखेको उद्धारकार्यमा सयौं व्यक्तिको उद्धार भएको स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  यस प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाहरुका बढी व्यक्ति प्रभावित भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन् । 
 
गत शनिबारबाट सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी १६ वटा जिल्ला प्रभावित हुनुको साथै यस प्रकोपमा परी सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ ।  इन्डोनेसियामा भारी बर्षा तथा यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्रकोपले सताउने गरेको पाइन्छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ