धादिङको सदस्यता विवादले सदस्यता छानविन समिति सदस्य लम्सालले दिए राजीनामा
प्रकाशित २०७३ असार ६ सोमबार
3.7k
Shares
काठमाडौं। नेपाल तरुण दलको केन्द्रीय समितिको सदस्यता छानविन समिति सदस्य दामोदर लम्सालले राजीनामा दिएका छन्। नेपाल तरुण दलको केन्द्रीय महाधिवेशका लागि जिल्लामा भइरहेका अधिवेशनमा धाधली भएको भन्दै लम्सालले राजीनामा दिएको तरुण दल प्रचार संयोजक मेदनीप्रसाद सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार धादिङ तरुण दलको निर्वाचन मंगलबारका लागि तय गरिएपनि जेठ १७ को सहमति विपरित गाउँ–नगर प्रतिनिधिमा व्यापक हेरफेर भएकाले असन्तुष्ट पक्षले अधिवेशन हुन नदिने चेतावनी दिएका छन्। उनीहरुले धादिङमा मात्र नभई विभिन्न जिल्लामा यस्तो समस्या रहेकाले यो गतिविधि नसच्याइए केन्द्रीय महाधिवेशन र बाँकी रहेका जिल्ला अधिवेशन पुरै प्रभावित हुन सक्ने बताएका छन्।
गाउँ–नगर प्रतिनिधिमा भएको अचाक्ली हेरफेर नसच्याई गरिने भनिएको अधिवेशन अवैधानिक र धाँधलीपूर्ण भएको भन्दै दरुण दलको असन्तुष्ट पक्षले त्यसो नगर्न भनेको छ। केन्द्रीय सदस्य रमेश खरेल, मेदनीप्रसाद सिटौला, जिल्ला प्रतिनिधि प्रमोद रिमाललगायत बहुमत सदस्यले सो अवैधानिक अधिवेशन गरिए अन्य जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशन प्रभावित हुने चेतावनी दिएका हुन्।
धादिङ तरुण दलको मंगलबार हुने भनिएको अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुने कार्यक्रम छ। यस्तै, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला लगायतले सभापति देउवालाई मिलाएर अधिवेशन र महाधिवेशन गर्न भन्दै सुझाइरहेको अवस्थामा जिल्लामा देखिएको गतिविधि राम्रो नभएको असन्तुष्ट पक्षको भनाई छ। जेठ १७ गते केन्द्रीय अध्यक्ष उदय शमशेर राणा र धादिङ कांग्रेस सभापति रमेश धमला र तरुण दल केन्द्रीय सदस्यता छानविन समिति सदस्य दामोदर लम्सालको सहभागितामा सवैलाई मिलाएर जाने सहमति भएको थियो। यद्यपि, अहिले सो सहमति उलंघन भएको बताइएको छ।