arrow

इङ्गल्याण्ड, वेल्स र स्लोभाकिया तीनैलाई स्पष्ट जित आवश्यक

logo
प्रकाशित २०७३ असार ६ सोमबार
Euro-2016-France.jpg.jpeg
काठमाडौं। युरो २०१६ को समुह ‘बी’का अन्तिम खेलहरु मंगलबार बिहान पौने १ बजे हुँदै छन् । एकै समयमा इङ्गल्याण्ड र स्लोभाकिया तथा वेल्स र रसिया भिड्दै छन् । 
 
इङ्गल्याण्ड, वेल्स र स्लोभाकिया तीन वटै टोली स्पष्ट जित निकालेर दोस्रो चरणकालागि मार्ग प्रशस्त गर्न चाहन्छन्।  इङ्गल्याण्ड दुई खेल मध्य एकमा जित र एक खेल बराबरी गर्दै ४ अंक सहित पहिलो स्थानमा छ भने, स्लोभाकिया एक खेलमा जित र एकमा हार व्यहोर्दै ३ अंककासाथ तेस्रो स्थानमा रहेको छ। यी दुई टोलीबीचको खेलमा इङ्गल्याण्डले बराबरी वा जित हासिल गरे समेत दोस्रो चरण पुग्ने छ भने हारेको खण्डमा अन्य समूहको खेलको नतिजा कुर्नु पर्ने छ ।  
 
युरो २०१६मा तेस्रो हुने शीर्ष चार टोली समेत राउण्ड अफ सिक्सटिनका लागि योग्य हुनेछन् । स्लोभाकियालाई पराजित गरेको वेल्सले इङ्गल्याण्डसंग बराबरी खेलेको रसियाविरुद्ध जीत हासिल गरे सोझै दोस्रो चरणकालागि ढोका खोल्ने छ । पराजित वा बराबरी भए इङ्गल्याण्ड र स्लोभाकियाबीचको खेलको नतिजा महत्वपूर्ण रहने छ । 
 
आजको खेलमा इङ्गल्याण्डले वायन रुनी सहित ६ जना खेलाडीलाई विश्राम दिने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । समुह ‘बी’को २ खेल हेर्दा सबै टोली बराबर हैसियतमा देखिन्छन्। वेल्सले स्लोभाकियालाई पराजित गरेको छ भने स्लोभाकियाले रसियालाई पराजित गरेको छ। त्यसैगरी रसियाले इङ्गल्याण्डसँग बराबरी खेलेको छ, भने इङ्गल्याण्डले वेल्सलाई पराजित गरेको छ । 
 
इङ्गल्याण्ड–स्लोभाकिया
दुई टोलीबीच भएको ३ खेलमा सबै खेल इङ्कल्याण्डले जितेको छ। सन् २००९ मा मैत्रीपुर्ण खेलमा इङ्गल्याण्डले स्लोभाकियालाई ४–० गोलले पराजित गरेको थियो । त्यसपछि दुई टोलीले एक अर्काविरुद्ध खेलेका छैनन्। 
 
वेल्स–रसिया
वेल्स र रसिया ९ पटक आमने सामने भएका छन् । ५ खेल रसियाले जितेको छ भने १ खेल मात्र वेल्सले जित हात पारेको छ।
 
स्लोभाकिया
सन् २०१० को विश्वकप खेलेर प्रि–क्वार्टरफाइनल पुगेको स्लोभाकियाको युरो २०१६ मा पहिलो पटक सहभागिता जनाएको छ । फिफा बरियतामा २४ औं स्थानमा रहेको स्लोभाकिया सन् २०१५ अगस्तमा १४औं स्थानमा रहेको थियो। सन् १९९३ मा १५०औं स्थानमा रहेको स्लोभाकियाले युरोमा कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहल रहेको छ । 
 
युरो छनौट समूहमा स्पेन पछि दोस्रो भएर युरो २०१६ का लागि स्लोभाकिया छनौट भएको हो। इङ्गलिश क्लब लिभरपुलका खेलाडी मार्टिन स्कर्टलको कप्तानीमा रहेको स्लोभाकिया युरोमा संघर्ष गरेर छनोट भएको हो। 
 
वेल्स
फिफा वरियताको २६औं स्थानमा रहेको वेल्सको पहिलो युरोमा रियाल मड्रिडका स्टार गारेथ बेलबाट ठूलो आशा रहेको छ। अक्टोबर २०१५ मा आठौं स्थानमा रहेको वेल्स सन् २०११ अगस्तमा ११७औं स्थानमा रहेको थियो ।
 
सन् १९५८मा विश्वकप फुटबल खेलेको वेल्सले त्यसपछि कुनै पनि विश्वकपमा छनौट चरण पार गर्न सकेन । आर्सनलका आरोन राम्से, लिभरपुलका जो एलेन, लेस्टरका एण्डी किंग सम्मिलित टोलीले यसपटक युरोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
आफ्नो पहिलो  ठूलो  अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको वेल्सक लागि यो प्रतियोगितामा धेरै आशातित छैन ।   रियाल मड्रिड स्टार ग्यारेथ बेल रहेको यो टोलीले युरोकपमा कस्तो प्रदर्शन गर्नेछ भन्ने पूर्णतः उनीमा भर पर्नेछ ।
 
इङ्ल्यान्ड
सन् १९९८ को विश्व  विजेता इङ्गल्याण्डले हालसम्म युरोकप जित्न सकेको छैन । यद्यपि,, हरेक युरोकपमा उसको प्रदर्शन शानदार रहने गर्दछ । सुपरस्टार वायन रुनीको कप्तानीमा रहेको इङ्गलिश टोली  यो पटकको उपाधि कब्जा गर्दै आफ्ना समर्थकलाई खुसियाली दिन चाहन्छ ।   
प्रिमियर लिगमा तहल्का मच्चाएका जेमी भार्डी र ह्यारी केन अग्रपंक्तिमा रहेको इङ्गल्याण्ड टोलीले यसपाली उपाधिमा आखा लगाएको छ। ड्यानियल स्टुरिज, डेले अल्ली, राहिम स्टरलिङ, एडम लालाना रहेको टोली बलियो रहेको छ । 
 
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई ३–२ले पराजित गरेको इङ्गल्याण्डको मनोबल उच्च छ । यस्तै, टर्की र पोर्चुगललाई पराजित गरेको टोली यसपाली युरोमा छनोट नभएको नेदरल्याण्डससँग पराजित भएको हो। 
 
रसिया 
सन् २०१८ को  विश्वकपको आयोजना गर्ने जिम्मा पाएको रुसी टोलीको लागि यो युरोकप विशेष हुनेछ । सन् १९९६ देखि हालसम्म निरन्तर युरोकपमा छनोट हुँदै आएको यो टोलीको युरोकपमा पाँचौ सहभागिता हो । ११  पटक विश्वकप खेलिसकेको रुस यो प्रतियोगितमा सामान्य टोली हो। ५ पटक छनौट भैसकेको रुस सोभियतसँघ बेलाको छनौट पनि जोड्ने हो भने ११ पटक युरो खेलेको इतिहास रहेको छ। 
 
छनोट चरणमा दोस्रो भएर युरो २०१६मा छनोट भएको टोली रुसले युरो अघिको मैत्रीपुर्ण खेलहरुमा फ्रान्स, चेक गणतन्त्रसँग पराजय व्यहोरेको थियो। एलेक्सेण्डर कोकोरीन, फ्योडोर स्मोलोवको आक्रमणमा निर्भर रुसले युरोमा केही आश्चार्यजनक नतिजा निकाले अचम्म हुनेछैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ