arrow

संसारमा के जान्ने ?

logo
ज्ञान,
प्रकाशित २०७७ फागुन १० सोमबार
shree-krishna-arjuns.jpg

काठमाडौँ । हामी ऋषिहरूका सन्तान भएर पनि आज यति दुःखी किन छौँ? यसको एक उत्तर हो हामी हाम्रा ऋषिहरूले बताएको मार्गमा हिँड्न छोडेका छौँ, न त त्यो मार्गको राम्ररी खोजी गर्दछौँ। हामीले धर्मको मार्गलाई छोडेका छौँ । जसले खोजी गर्छ उसलाई अवश्य मिल्छ । जसले समुद्रमा गोता लगाउँछ, उसलाई मोती अवश्य मिल्छ, तर जो समुद्रको किनारमा बसिरहन्छ उसलाई केही मिल्दैन ।

यो संसार एउटा खेलको मैदान हो। जसरी खेलाडीहरू अलग-अलग समूह बनाएर आपसमा खेल खेल्दछन् । त्यो खेलमा एक समूहको जीत अनि अर्कोसमूह (टिम) हार्छ । जित्ने कोसिस त दुवै टिमले गर्छ, तर एक टिम हार्छ अनि अर्को टिमले जित्छ । यही संसार हो। जसले भगवानको नाममा आफ्नो मन लगाउँछ उसैको जीत अनि जो भौतिक वासनाहरूको पछाडि लाग्छ उसको हार हुन्छ अनि चौरासी लाख जुनीमा भटकनु पर्दछ।

शास्त्रहरूले भनेका छन् भगवानको सच्चा नामलाई जानेरै मात्र मनुष्यको कल्याण हुन्छ ।
वेद पुराण सन्त मत एहू।
सकल सुकृत फल नाम सनेहू।

वेद, पुराण र सन्तहरूले एक मत भएर यही भने ।  भगवानको त्यो नाम कहाँ छ? भगवानको त्यो अव्यक्त नाम शास्त्रहरूमा छैन, शास्त्रहरूमा त केवल चर्चा र सङ्केत मात्र छन् । जस्तै, सडकहरूको किनारमा गाडी चलाउने  ड्राइभरहरूका लागि अघि स्कुल छ वा पुल छ, गहिरो गोलाई, पनि वा ढाल छ भनेर साङ्केतिक चिन्हको साइन बोर्ड लगाइएका हुन्छन् अनि ड्राइभरले त्यो ठाउँमा गाडीको स्पिड कम गरेर चलाउँदछ । जसले त्यो सङ्केतको पालन गर्दैन उसको गाडीको दुर्घटना अनि उसको ज्यान पनि जान सक्छ ।

अध्यात्मको मार्गमा पनि यही कुरा लागू हुन्छ। शास्त्रहरूले मात्र सङ्केत गरेका छन् । यो सङ्केत गरेका छन् कि तिमी समयको तत्त्व दर्शीको शरणमा जाऊ, दण्डवत् प्रणाम गर अनि श्रद्धा-भावले उनको सेवा गरेर उनको आत्मा प्रसन्न गराऊ, तब उनले तिमीलाई सार तत्त्वको ज्ञान गराउने छन् ।

भगवान् कृष्णले अर्जुनलाई गीतामा यही भन्नुभएको छ । अर्जुन! तिमी तत्त्व दर्शी गुरुको शरणमा जाऊ, उनलाई दण्डवत् प्रणाम गर, निष्काम भावले उनको सेवा गर, जब तिम्रो सेवाले उनको आत्मा प्रसन्न हुनेछ तब तिमीले सोध । के सोध? आत्म ज्ञान, ब्रह्म ज्ञानको बारेमा सोध । तब उनले तिमीलाई आत्माको ज्ञान गराउने छन् । त्यही ज्ञान आज शोत्रीय ब्रह्मनिष्ठ गुरुले गराउँछन्  । सो ज्ञानलाई जानेपछि भजन साधना गर्नु पर्छ, यसैमा शान्ति छ, बाँकी अरू कुनै साधनबाट मनुष्यलाई शान्ति मिल्न सक्दैन । मन नै अशान्तिको कारण मार्गमा हो । यदि यो मनलाई भगवानको नाममा लगाउन सके मन त्यो नाममा लीन हुने छ, मन शान्त हुनेछ अनि कुनै प्रकारको दुःख समाप्त हुनेछ  ।

भगवानको त्यो नामलाई जान्नु कसरी? भनेका छन्, भेदीलाई एउटा साथमा लेऊ, सद्गुरुको शरणमा जाऊ, उनैले त्यो नामको ज्ञान गराउने छन् । त्यो नाम र ज्ञान बाहिर छैन, सबैको हृदयभित्रै छ, जसरी बीजभित्र वृक्ष छुपेको हुन्छ अनि त्यो बीज उम्रेर विशाल वृक्ष बन्छ ।

यही कुरा ज्ञानको बारेमा पनि आउँदछ। कानले सुन्छ अनि सुनेको कुरा बुद्धिले विचार गर्दछ । यस कारण हामीले यो विचार गर्नु छ कि हामीले के जान्नु छ? जुन चीजलाई जान्नु छ त्यसको बारेमा आत्म-तत्त्वदर्शीलाई गएर सोध्नुहोस् । श्रद्धा-भावले विनम्र पूर्वक सोध्नुहोस् । भगवान् रामले भन्नुभएको छ-

मोहे कपट छल-छिद्र न भावा।
निर्मल मन सोही मोहे पावा।।

जसको मनमा छल-कपट हुन्छ उसले मलाई सपनामा पनि पाउन सक्दैन । जसको मन निर्मल छ, पवित्र छ, छल कपट रहित छ उसैले मात्र मलाई पाउन सक्छ । यस कारण छल-कपट त्यो नामलाई जान्नु पर्छ । यो शरीर भित्रको सासको केही भरोसा छैन, बाहिर निस्केको सास फेरि भित्र फर्केर आउने हो कि होइन ।



नयाँ