arrow

काबुल आक्रमणमा मृत्यु भएका १२ नेपालीको नामावली

घाइतेको उपचार हुँदै

logo
प्रकाशित २०७३ असार ६ सोमबार
Afganistan_Attack.jpg.jpeg
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती विष्फोटमा परी  मृत्यु भएका  १२ नेपालीको पहिचान खुलेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।  मृत्यु भएका दुई जनाकाे पहिचान हुन सकेकाे छैन ।  विष्फोटमा परी १४ नेपालीको मृत्यु भएको खबर आएको छ । 
 
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी मृतकबारे जानकारी दिएको हो । परराष्ट्रको विहान बसको आकस्मिक बैठकले घटनाबारे जानकारी दिन प्रवक्ताको कार्यालयको समन्वयमा सूचना डेस्क स्थापना गरेको थियो । घाइतेको उपचार भइरहेको र विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।  
 
मृतकको नामावली
चन्द्रबहादुर रानामगर– काडमाडौं 
अमृत बहादुर थापा –लमजुङ 
डम्बर बहादुर तामाङ –नुवाकोट
मधुसुदन कोइराला –नुवाकोट
दिलबहादुर गुरुङ –नुवाकोट 
विरबहादुर सुवेदी क्षेत्री– काठमाडौं 
नवीन बहादुर क्षेत्री –पर्वत
हरिबहादुर वड्वाल क्षेत्री – काठमाडौं 
कृष्ण बहादुर  ढुंगाना– चितवन 
अकुल तामाङ –सुनसरी 
सुप बहादुर गुरुङ –स्याङजा 
जीतेन्द्र सिंह थापा –वुटवल
 

घाइतेको उपचार हुँदै गरेका तस्वीर

 
 
 
 
 
तस्वीर सौजन्य : अजीत डोभलको स्वीटरबाट
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ