arrow

बझाङ कांग्रेसमा युवाको पकड

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार ६ सोमबार
congress-flag-11111.jpg.jpeg
बझाङ । नेपाली कांग्रेसको १३आंै जिल्ला अधिवेशनबाट हर्कजङ्ग बहादुर सिहं विजयी भएसंगै जिल्ला कार्य समितिमा युवाको पकड देखिएको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा सिहंले २ सय ४१ मत ल्याएर विजयी भए । प्रतिद्वन्दी खडक बोहराले १ सय ५१ मत ल्याएर पराजित भए । 
सोमबारसम्म चलेको गणनाको अन्तिम परिणाममा पार्टीका वृद्घ नेताहरु लाई पाखा लगाउँदै युवाको सहभागिता बढेको हो । महाधिवेशन प्रतिनिधी छनोट भए पनि महाधिवेशन अघि जिल्ला अधिवेशन हुन सकेको थिएन । जिल्ला कार्य समितिमा सचिवमा युवा नेता धुर्बराज उपाध्याय, कोषाध्यक्षमा युवा नेता राजेन्द्र खड्का निर्वाचित भएका हुन् । खुल्ला तथा समावेसीतर्फका सदस्यहरुमा समेत अधिकाशं पदाधिकारी ४० वर्ष नकटेका युवा तथा नयाँ अनुहार छन् । क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ सबै भन्दा बढी मत ल्याई विजयी भएका नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष उत्तम रोकायाले १ सय ५६ मत प्राप्त गरे । 
 
यस्तै, भरत बहादुर खड्काले १ सय ३८, उमाशंकर जोशीले १ सय ३६, ज्ञान बहादुर बोहराले १ सय २७ मत ल्याई विजयी भए । यसैगरी मोतीलाल उपाध्यायले ७३ मत ल्याउँदै विजयी भएका छन् । अपाङ्गतर्फ युवा नेता कृष्ण राज जोशी विजयी भए भने, महिलातर्फ सुनिता थापा र शान्ति पुजारा विजयी भएका छन् । 
 
क्षेत्र नम्बर २ बाट समेत युवाकै बर्चश्व छ । सदस्यमा खुल्ला तर्फ कुमार सिंह, गोपाल बोहरा, नवराज जोशी, जित कुवर र गणेश विष्ट रहेका छन् । महिला तर्फ मीना रावल र अम्भिका मल्ल रहेका छन् । अपाङ्गतर्फ शेर धामी,  जनजातीतर्फ शेर गुरुङ्ग र दलित तर्फ बलराम विक रहेका छन् । जिल्ला कार्य समतिको २१ जना लागि भएको निवार्चनमा १८ जना ४० वर्ष नकटेका युवा आएका  नवनिर्वाचित सदस्य ज्ञान बहादुर बोहराले जानकारी दिए । उनले यसपटक युवालाई नेतृत्व हस्तान्तरण भएको बताए । 
 
जम्मा ४ सय २७ मत खसेको मध्ये ३५ मत बदर भएको निर्वाचन अधिकृत एकेन्द्र राज जोशीले जानकारी दिए । शनिबार भएको निर्वाचनमा हर्कजङ्ग सिहं, खडक बोहरा र रमेश भण्डारीबीच प्रतिस्पर्दा हुँदा स्पस्ट रुपमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पछि आइतबार पुन निर्वााचन गर्नु परेको निर्वााचन अधिकृत जोशीले  बताए । 
 
नवनिर्वाचित सभापति  हर्कजङ्ग सिहंले पाटीमा युवाको सहभागिताले रचनात्मक काम गर्न सक्ने बताउँदै पार्टीभित्रको गुटवादी राजनीतिको अन्त्य भएको बताए । आइतबार भएको निर्वाचनमा सभापतिमा रमेश भण्डारी पक्षले सिहंको पक्षमा मतदान गरेपछि सिंह सभापतिमा निर्वाचित हुन सफल भए । सिहंलाई नेपाली कांग्रेसका जिल्ला सभापति पृथ्वी सिंहको समेत समर्थन रहेको थियो । बोहरालाई पूर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजङ्ग बहादुर सिहंको समर्थन थियो । सभापति हुने सिहं नेपाली कांग्रेसका जिल्ला उपसभापति हुन भने बोहरा क्षेत्रीय सभापति हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ