arrow

खुँडा हानेर अमृतको हत्या गर्ने वडाध्यक्षसहित नेकपा कार्यकर्ता पुर्पक्षका लागि थुनामा

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
prakash-aidi-amrit-singh-bajhang.jpg

बझाङ ।   बझाङ जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने नेकपाका कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडी, भतिजा प्रकाश ऐडीसहित पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

 वडा नं ३ बाट निर्वाचित वडाध्यक्ष विकास ऐडीको भतिज प्रकाशले काकाले प्रयोग गर्ने सरकारी बाइकमा गई बिच सडकमा आक्रमण गरी तरुण दलका कार्यकर्ताको अमृत सिंहको हत्या गरेका थिए।

२७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलवार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।  पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका-३ का वडाध्यक्ष विकास ऐडी, भतिजा प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् ।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने रु एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको तर सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए ।

 हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए ।

गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबिच विवाद भएको थियो । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको थियो । साँझ स्थानीय बजारको बिच सडकमै सिंहमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो  ।

यो पनि पढ्नुस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ