arrow

समुह बिजेता बन्दै वेल्स दोस्रो चरणमा, ईङल्याण्ड उप-बिजेता

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
Gareth_bale_wales1.jpg.jpeg
काठमाडौं। समुह'बी'बाट वेल्स र ईङल्याण्ड 'राउण्ड अफ सिक्सटिन' चरणकालागि छनौट भएका छन् भने स्लोभाकियाले उक्त चरणमा पुग्न सबै समुहका खेल कुर्नु पर्ने भएको छ। 
 
वेल्स समुह बिजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो भने ईङल्याण्ड उप बिजेता रहेको छ। 
 
वेल्सले रसियालाई ३-०ले पराजित गर्दै समुह बिजेता बनेको हो। खेलको ११औं मिनेटमा एरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। त्यसैगरि २०औं मिनेटमा निल टेलरले दोस्रो गोल गरेका थिए। स्टार खेलाडी गारेथ बेलले ६७औं मिनेटमा गोल गर्दै वेल्सलाई ३-०को बढत दिलाएका थिए। 
 
३-० गोलले जितेको वेल्सले ३ अंक प्राप्त गर्दै कुल ७ अंकका साथ पहिलो स्थान प्राप्त गरेको हो। बेलले प्रतियोगितामा आफ्नो गोल संख्या तीन पुर्‍याएका छन्। 
 
समुह 'बी'को अर्को खेल ईङल्याण्ड र स्लोभाकिया बिच बराबरीमा सकिएको थियो। दुवै टोलीले १-१ अंक प्राप्त गर्दै गर्दा ईङल्याण्ड ५ अंकका साथ समुहमा दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको छ भने स्लोभाकिया ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। 
 
ईङल्याण्डले स्लोभाकिया बिरुद्ध राम्रो खेलको प्रदर्शन गरे पनि गोल भने गर्न सकेन। केही राम्रा आख्रमणहरु स्लोभाकियाका गोलकिपरले बचाउ गरेका थिए भने केही रक्षापंक्तिका खेलाडीहरुले निस्तेज गरेका थिए। 
 
सबै समुहको खेल सकिए पछि तेस्रो हुनेहरुमा उत्कृष्ठ ४ टोलीले दोस्रो चरण प्रवेशको मौका पाउने छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ