arrow

जर्मनी, पोल्याण्ड र उत्तरी आयरल्याण्ड दोस्रो चरण प्रवेशको दौडमा

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
Euro_Ger_NIR.jpg.jpeg
काठमाडौं। युरो २०१६ अन्तर्गत समुह 'सी'को अन्तिम खेलहरु मंगलबार राती ९:४५ बजेदेखि शुरु हुँदैछ। जर्मनी र उत्तरी आयरल्याण्ड एक अर्का बिरुद्ध भिड्दैछन् भने अर्को खेलमा  युक्रेन र पोल्याण्ड आमने सामने हुँदैछन्। 
 
उक्त समुहमा २ खेलमा ४ अंकका साथ जर्मनी पहिलो स्थानमा रहेको छ भने पोल्याण्ड पनि २ खेलमा ४ अंक लिएर बसेको छ। त्सयैगरि उत्तरी आयरल्याण्डले २ खेलमा ३ अंक प्राप्त गरेको छ भने युक्रेन अंकबिहिन रहेको छ। 
 
समुह 'सी'मा पहिलो तीन वटा टिमको दोस्रो चरण पुग्ने संभावना रहेको छ। पहिलो तिन टोली अंक प्राप्त गर्ने ध्यानमा रहने छन् भने युक्रेन आफ्नो प्रतिष्ठा जोगाउन अंककालागि खेल्ने छ।  जर्मनी र पोल्याण्डले १-१ अंकमात्र जोड्न सके दोस्रो चरणमा प्रवेश पाउने छन्। 
 
जर्मनी-उत्तरी आयरल्याण्ड
उत्तरी आयरल्याण्डले जितेमा दोस्रो चरण प्रवेश गर्ने छ भने बराबरी भएमा पोल्याण्ड र युक्रेनको खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ। पराजित भएको खण्डमा अरु समुहको केलमा निर्भर रहनु पर्ने छ। 
 
जर्मनीले जितेको खण्डमा सोझै समुह बिजेता हुँदै दोस्रो चरण प्रवेश गर्ने छ र बराबरी खेलेमा पनि दोस्रो चरण प्रवेश गर्नेछ। पराजित भएमा पोल्याण्डर युक्रेनको नतिजाले निर्धारण गर्ने छ। जर्मनीको दोस्रो चरणको प्रवेश संभावना धेरै नै देखिन्छ। 
 
जर्मनी र उत्तरी आयरल्याण्डले एक अर्का बिरुद्ध १४ खेल खेल खेलेकोमा ८ खेल जर्मनीले जितेको छ भने २ खेलमा उत्तरी आयरल्याण्ड बिजेता रहेको छ। दुई टोली बिच ४ खेल बराबरीमा सकिएको छ। 
 
 
जर्मनी
विश्व फुटबलमा जहिले पनि महाशक्ति बन्यो जर्मनी । उसले  युरोकप ३ तथा विश्वकप  ४ पल्ट जितेको छ। उसले १९७२, १९८०, १९९०  र सन् २००१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा स्तब्ध पार्दै उपाधि उचालेको थियो । 
 
सन् १९७२ , १९८० तथा १९९६ मा युरोकप जितेको  थियो । युवा टोली रहेको जर्मन टोलीसँग अनुभवको पनि कमी छैन । यही टोलीले सन् २०१४ को विश्वकप जितेको थियो। युरोकपमा सर्वाधिक ११ पल्ट सहभागि भएको जर्मनी ६ पटक फाइनलमा पुगेको छ । 
 
फिफा बरियतामा चौथो स्थानमा रहेको जर्मनी धेरै पटक पहिलो स्थानमा रहेको छ। पछिल्लो मैत्रीपुर्ण खेलहरुमा ईङल्याण्ड र स्लोभाकियासँग पराजित रहेको जर्मनीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
उत्तरी आयरल्याण्ड
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।  
 
तीन पटक विश्वकप खेलेको उत्तरी आयरल्याण्डको यो पहिलो युरो सहभागिता हुनेछ। सन् १९५८, १९८२ र १९८६मा विश्वकपमा सहभागिता जनाईसकेको उत्तरी आयरल्याण्डले सन् १९८२को विश्वकपमा क्वार्टरफाईनलसम्मको यात्रा तय गरेको थियो।
 
फिफा बरियतामा २५औं स्थानमा रहेको उत्तरी आयरल्याण्ड समुह 'सी'मा विश्वकप बिजेता जर्मनी, पोल्याण्ड र युक्रेन रहेको समुहमा छ। उत्तरी आयरल्याण्ड युरो छनौटमा आफ्नो समुहमा पहिलो भएर छनौट भएको हो
 
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।
 
युक्रेन-पोल्याण्ड
पोल्याण्डले युक्रेन बिरुद्ध जित  वा बराबरी हात पारेमा दोस्रो चरण प्रवेश गर्ने छ। युक्रेनले यो प्रतियोगितामा एक पनि गोल गर्न सकेको छैन्। 
 
दुई टोली एक अर्का बिरुद्ध ७ पटक भिडेका छन्। ७ खेलमा ३ केल युक्रेनले जितेको छ भने २ खेल पोल्याण्डले र बाँकी २ खेल बराबरीमा सकिएको छ। समुह चरणको फर्मलाई हेर्दा पोल्याण्ड बलियो देखिएको स्थिती रहेको छ। 
 
 
युक्रेन
सन् १९९१ मा सोभियत संघबाट छुटिएपछी सन् २०१२ मा पहिलो पटक युरोकप आयोजना संयुक्त रुपमा पोल्याण्ड र युक्रेनले गरे । जसमा युक्रेनले आयोजक भएको कारणले सिधै युरोकप खेल्ने मौका पाएको थियो । यो पल्ट भने युक्रेनले छनोट चरण पार गर्दै युरोकप खेल्ने पक्का भयो । 
 
सन् २००६को विश्वकपमा क्वार्टरफाईनल पुगेको युक्रेन त्यसपछि कुनै पनि विश्वकपमा छनौट भएको छैन्। फिफा बरियतामा १९औं स्थानमा रहेको युक्रेनको माथिल्लो बरियता ११औं रहेको छ। सन् २००७ फेब्रुअरीमा ११औं स्थानमा रहेको थियो। 
 
पोल्याण्ड
२ पल्ट युरोकप खेलिसकेको पोल्याण्ड दुबै पटक समूहको अन्तिममा रहयो । हालसम्म एक खेल पनि युरोकपमा नजितेको पोल्याण्डले विश्वकपमा भने आफ्नो छाप छोडेको छ । कुल ७ विश्वकपमा भाग लिएको यसले २ पटक तेस्रो स्थान हसिल गरेकोछ । सन् १९७४ र १९८२मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २००६मा अन्तिम पटक फिफा विश्वकपमा सहभागिता जनाएको थियो। फिफा बरियतामा २७औं स्थानमा रहेको पोल्याण्डको उच्च बरियता १६ रहेको छ। 
 
यसपटकको युरोकप छनोटमा उसको प्रदर्शन शानदार रह्यो । फरवार्ड रोबर्ट लेभान्डोस्कीले १० खेल खेल्दै १४ गोल गरेका थिए । जुन सो प्रतियोगिता कै सर्वाधिक गोल हो । यो युरोकपमा पोल्याण्डले सुदृढ प्रदर्शन गर्ने टोलीको रुपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ