arrow

केजरीवाललाई फसाद : भाजपा सांसद गिरीले घर घेरे

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
Notorious-Crazywal.jpg.jpeg
नयाँ दिल्ली। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित सांसद महेश गिरीलाई एनडीएमसी अधिकारी एम एम खानको हत्या प्रकरणमा सम्लग्न भएको आरोपमा पक्राउ गर्नुपर्ने बताउएका छन् । 
 
एनएमडीसीका व्यवस्थापन अधिकृत खाँलाई एक होटलको जग्गा भाडा सम्बन्धि निर्णय लिइने भनिएको एक दिन पहिले जामियाँनगरमा मे १६ मा गोली हानी हत्या गरिएको थियो ।  मुख्यमन्त्री केजरीवालले भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गिरीका हत्याआरोप लगाइएका गिरीलाई संरक्षण दिएको आरोप लगाएका छन् । 
 
तर गिरीले भने आइतबार देखि मुख्यमन्त्रीले लगाएको आरोप पुष्टि गर्न माग गर्दै केजरीवालको निवास बाहिर शुरु गरेको भोक हडताललाई सोमबार दोस्रो दिन पनि जारी राखे।  बिजेपी सांसद गिरीले केजरीवाललाई आफूमाथि लगाइएको आरोप मुख्यमन्त्रीको पदमा रहेरै पुष्टि गर्न चुनौती दिएका छन् ।
 
यसैबिच, दिल्लीका मुख्यमन्त्री केजरीवालले सोमबार ट्वीट गर्दै भाजपा सांसद गिरीलाई पक्राउ गर्नुपर्ने उल्लेख गरेका हुन् । “उनी (गिरी) लाई पक्राउ गरिनुपर्छ र मोदीको प्रहरीले एमएम खानको मुद्दामा छानविन गर्नुपर्छ तर मोदीको प्रहरीले गिरीलाई संरक्षण दिइरहेको छ,” केजरीवालले ट्वीट गरेका छन् । 
 
केजरीवालले लेफ्टिनेन्ट गभर्नर नाजिब जंग र नयाँ दिल्लीका महानगर परिषद (एनडीएमसी)का उपाध्यक्ष करण सिं तनवारलाई लेखेको पत्रमा प्रहरीले प्रधानमन्त्रीको निर्देशनमा खानका हत्यारालाई जोगाउन खोजेको बताएका छन्  ।
 
गिरीले भने मुख्यमन्त्रीलाई हत्या आरोप समवन्धमा सार्वजनिक बहसमा आउन चुनौति दिंदै आएका छन् । जुन १६ मा मुख्यमन्त्री केजरीवाललाई पत्र लेख्दै आइतबार ४ बजे संवैधानिक क्लवमा उपस्थित भई खाँको हत्या आरोपबारे तथ्य पेश गर्न आग्रह गरेका थिए ।
 
भाजपा पार्टी समर्थकले गिरीको पक्षमा व्यापक समर्थन गरेपछि भाजपा सांसद गिरीले भोक हडताल सुरु गरेका हुन् ।पीटीआई 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ