arrow

म्यानचेस्टर सिटीको रेकर्ड

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
man-city14.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रेकर्ड राखेको छ । सिटीले सबैखाले प्रतियोगितामा लगातार २०  जितको रेकर्ड राखेको हो । यो प्रिमियर लिगमा मात्रै सिटीले लगातार १४ औं जित निकालेको हो ।

शनिबार भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेस्ट ह्यामका मिखेल एन्टोनियोले एक गोल फर्काए ।

अन्य खेलको नतिजा
वेष्ट ब्रोमविच आल्बियन १–० ब्राइटन
लिड्स युनाइटेड ०–१ एस्टन भिल्ला
न्यूकासल युनाइटेड १–१ वुल्भरह्याम्पटन वान्डेरर्स

अंक तालिका
सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ । सिटीले २६ खेलमा ६२ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २५ खेलमा ४९ अंक रहेको छ ।

तेस्रो स्थानको लेस्टर सिटीको २५ खेलमा ४९ अंक नै छ । वेस्टह्याम २६ खेलमा ४५ अंकसहित चौथो स्थानमा रहेको छ । पाँचौं स्थानको चेल्सीको २५ खेलबाट ४३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ