arrow

वेलायती राजकुमार ह्यारीको आगमन पछि बर्दियामा होमस्टे पर्यटक वढे

logo
यादव आचार्य,
प्रकाशित २०७३ असार ७ मंगलबार
5.jpg.jpeg.jpeg
बर्दिया। थारु समुदायले संचालनमा ल्याएको डल्ला होमस्टे नेपालकै एक नम्वर होमस्टेमा पर्न सफल भएको छ । बर्दियाको सूर्यपटुवा गाविसमा अवस्थित डल्ला होमस्टेमा वेलायती राजकुमार ह्यारीको आगमन पछि पर्यटक आगमनमा समेत बृद्धि भएको छ । 
 
बर्दियाको सूर्यपटुवा गाउँ विकास समिति अन्र्तगत जैविकमार्गमा रहेको डल्ला गाउँमा थारु समुदायले संचालन गरेको होमस्टे अहिले उत्कृष्ट मात्र होइन नेपालकै एक नम्वर होमस्टेमा पर्न सफल भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले डल्ला होमस्टेलाई यो बर्षको नेपालकै एक नम्वर होमस्टेमा राखेको हो । 
 
सुरुवाती समयमा ११ घरबाट शुरु भएको होमस्टे अहिले २२ घरमा रहेको जैविकमार्ग होमस्टे संचालक समितिका अध्यक्ष परशुराम थारु वताउँछन् । २२ वटा घरमा दुई दुई कोेठा गरी ४४ वटा कोठा अझै थपिने क्रममा रहेको उतले वताए । डल्ला गाउँमा १ सय २० घरपरिवार रहेका छन् । खेतीपातीमा निपूर्ण थारु समुदायहरुले सामुदायिक वन संरक्षण गरे सँगै विश्वकै लोपोन्मुख एकसिँगे गैडा बृद्धि हुन थालेपछि गाउँमा पर्यटकहरु भित्रिन थालेको उनले स्मरण गराए । होमस्टे बाटै अहिले यहांका थारु समुदायले मनग्य आम्दानी गरिरहेकोमा उनले खुशी व्यक्त गरे । 
 
प्रमुख प्राकृतिक गन्तव्य, थारु सँस्कृति, होमस्टे व्यवस्थापन, अतिथि स्वागत सत्कार लगायतका सूचकहरुका आधार मापन गरेपछि सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय तारा गाउँ विकास समिति अन्र्तगतका १ सय ६० वटा होमस्टे मध्येबाट प्रथम स्थान हासिल गर्न सफल भएको अध्यक्ष थारुले वताए । २०७२ सालमा गएको विनासकारी भूकम्प, तराई आन्दोलन र नाकावन्दीबाट निरास भएका डल्ला गाउँका थारु समुदाय वेलायती राजकुमार ह्यारीको आगमन पछि भने कायापलट भएको बताउंछन् । ह्यारीको आगमनसंगै यस होमस्टेमा भित्रने पर्यटकमा निक्कै बृद्धि भएको होमस्टे नं. १ का संचालक अमर कुमाल वताउँछन् । 
 
बार्षिक स्वदेशी तथा विदेशी गरी ११ हजार पर्यटक भित्रिएको डल्ला होमस्टेमा चार महिना यता ५ हजार भन्दा वढी पर्यटकहरुले अवलोकन भ्रमण गरिसकेको उनले वताए । यहां आवास, खाना तथा खाजाको ६ सय ५० रुपैयां मात्र प्याकेज रहेको छ उनले थपे  होमस्टेको सस्तो मुल्यका कारण पनि पर्यटक आउने संख्यामा बृद्धि भएको हो ।
 
बर्दिया जिल्ला पर्यापर्यटनको दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँको प्राकृतिक गन्तव्य लगायत विभिन्न जातजातीको सहअस्तित्व वास्तवमै अनुकरणीय छ । वैदेशिक रोजगारीमा भौतारिने युवाहरुलाई होमस्टे लगायतका पर्यटन उद्योगहरुमा सहभागी गर्न सके वेरोजगारी न्यूनिकरणमा कोशेढुँगा सावित हुने निश्चित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ