arrow

ब्रसेल्समा आतङ्कवादी हमलाको त्रासमा सुरक्षा सतर्कता

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
bruclwes.jpg.jpeg
ब्रसेल्स । बेल्जियमको ब्रसेल्समा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले मङ्गलबार यहाँ त्रास फैलिएको छ । प्रहरीले मङ्गलबार बिहानैदेखि बम राखिएको भनिएको स्थानमा पुग्ने प्रयास जारी राखेको छ । मङ्गलबार उक्त स्टोरमा बम राखिएको हल्ला चलेको थियो । सो हल्लापछि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ । 
 
गत आइतबार मात्र पनि ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको थियो । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवादीहरुलाई खोज्न अभियान नै सञ्चालन गरेको छ । 
 
ब्रसेल्स प्रहरीका अनुसार सोमबार राति पनि यस्ता सङ्कास्पद व्यक्ति भेटिएका थिए । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा केहीलाई नियन्त्रणमा पनि लिएको जनाइएको छ । 
 
मङ्गलबार बम राखेको भनी हल्लागर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा बम राख्ने व्यक्ति नै हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले उनीहरुलाई हिरासदमा लिइएको बताउँदै ती व्यक्तिले ब्रसेल्समा आक्रमणको योजना बनाएको खुलेको पनि जनाएको छ । गएका केही दिनयता ब्रसेल्समा यस्तो आक्रमणको हल्ला चलेको हो । 
 
फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई १८ वर्षसम्मको जेल सजाय माग गरिएको केही दिनपछि यहाँ पुनःहमलाको तयारी गरिरहेका बुझिएको छ । फ्रान्स र बेल्जियममा केही महिना पहिला आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ । 
 
बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् । केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ । 
 
पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । तर त्यस हमलामा सम्लग्नताको आरोपमा प्रहरीले बिगत लामो समयदेखि नै यहाँ अनुसन्धान जारी राखेको जनाएको छ । मङ्गलबार पनि ब्रसेल्समा अर्काे आक्रमणको हल्ला गरिएको थियो । बिहानैदेखि सुरु भएको यस्तो हल्लाका कारण यहाँको जिवन निकै नै प्रभावित भएको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ