arrow

चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा यस्तो छ अन्य खेलको नतिजा

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
man-utd-chelsea.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा युनाइटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

चेल्सीको मैदानमा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुवै टिमले अंक बाँड्नु परेको हो । 

अन्य खेलको नतिजा
क्रिष्टल प्यालेस ०–० फुल्हम
लेस्टर सिटी १–३ आर्सनल
टोटनह्याम हट्सपर (ग्यारेथ बेल २, ह्यारी केन र लुकास मौरा) ४–० बर्नली
शेफिल्ड युनाइटेड ०–२ लिभरपुल

अंक तालिका 
२६ खेलबाट ६२ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । २६ खेलबाट ५० अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो, ४९ खेलबाट लेस्टर सिटी तेस्रो स्थानमा छ । 

वेष्टह्याम युनाइटेड ४५ अंकसहित चौथो, ४४ अंकसहित चेल्सी पाँचौं स्थानमा छ । ४३ अंकसहित लिभरपुल छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ