arrow

काबुल घटनाले स्याङ्जालाई चोट, शोकमा डुब्यो कोल्माको कल्छ्याङ्दी

तस्वीरमा सुपबहादुर गुरुङ् र नविन क्षत्री

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार ७ मंगलबार
sup-gurung-fnl.jpg.jpeg
स्याङ्जा । अफगानिस्तानको राजधानी कावुलमा भएको आत्मघाती बम विष्फोटमा परी स्थानीय सुप वहादुर गुरुङको मृत्यु भएको खवरले स्याङ्जाको कोल्मा गाविस शोकमा डुवेको छ । गुरुङ्का परिवारका सवै सदस्य काठमाण्डौं र पोखरा वसाई सरेको भए पनि उनीसंगै खेलेका साथीभाई तथा आफन्त गुरुङ्को मृत्यु भएको खबरले स्तब्ध भएका छन् ।
 
सोमबार अफगानिस्तानमा भएको आत्मघाती बम विष्फोटमा स्याङ्जाको कोल्मा ५ कल्छ्याङ्दीका गुरुङ्को निधन भएको थियो । नेपाली सेनामा भर्ति भएर त्रिभुवन आर्मी क्लवबाट फुटबल समेत खेलेका गुरुङ मुलुकमा बढ्दो द्वन्द्धकालका कारण सेनाको जागिर छाडेको उनका परिवारले बताएको छ । जागिर छाडेसँगै इराक हानिएका गुरुङ त्यसपछि अफगानस्थान पुगे ।  
 
सात आठ वर्ष देखि अफगानिस्तानमा सुरक्षा गार्डको रुपमा कार्यरत गुरुङ घर विदा सकेर चार महिना अघि मात्रै त्यसतर्फ गएका गुरुङका साला दुर्गा खरेलले जानकारी दिए ।  कोल्मा कै वेलकुमारी गुरुङ (खरेल)सँग अन्तरजातीय विवाह गरेका गुरुङका एक छोरी र एक छोरा छन् । 
 
परिवार काठमाडौंको लैनचोरमा बस्दै आएको भएपनि आमा भने पोखरामा रहेको परिवारले जनाएको छ । ४४ वर्षका गुरुङकी  छोरी स्नातक तहमा अध्ययनरत छिन् भने छोरा ६ वर्षका छन् । तीन दाजुभाई मध्ये सुपबहादुर माइला रहेको बताइएको छ । 
लामो समय गाँउ भन्दा बाहिर रहेकाले उनको विस्तृत जानकारी पाउन नसकेपनि सुपबहादुरको निधनले उनका आफन्तजनहरु भने शोकमा डुबेका छन् ।
 
 देशमा द्वन्द्व नभएको भए विदेश जानु नपर्ने भन्दै उनका परिवारजनले आफ्नो परिवारको विचल्ली हुनुको कारण नेपालको आन्तरिक द्वन्द्व रहेको दुःखेसो समेत पोखेका छन् । यस्तै, नविन क्षत्री पनि अफगानिस्तान पुगेको ११ दिन मात्रै भएको थियो । कार्कीनेटा गाउँ नविनको निधनले शोकमा डुबेको छ ।
 
सशस्त्र प्रहरीबाट अवकास पाएपछि नविन २०६५ सालदेखि अफगानिस्तानमा सेक्युरेटी गार्डको रुपमा कार्यरत थिए । उनी बिदामा घर आएर जेठ २८ गते नै अफगानिस्तान गएका थिए । कार्कीनेटा–६ घरका नविन परिवारका माइला छोरा हुन् । नविनको परिवारमा आमा, श्रीमती र एक छोरी रहेका छन् ।
 
तस्वीरमा सुप वहादुर  
 
 
 
तस्वीरमा नविन क्षत्री 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ