arrow

आफुलाई बलात्कृत महिला जस्तै भन्ने सलमानलाई ७ दिनको म्याद

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
sallusbhai.jpg.jpeg
एजेन्सी । सलमान खानलको एक अभिव्यक्तिले पुन: बलिउडमा विवाद उत्पन्न गरेको छ । उनको आगामि चलचित्र  सुल्तान सुटिङको क्रममा, उनि सुटिङ पछि एक बलात्कृत महिला जस्तो महसूस गर्ने गरेको कथन गरेका छन् ।
 
साथै उनि थकानको कारण सिधा हिडन नसक्ने पनि बताएका छन् । उनले एक अन्तर्वार्तामा भने, म सुटिङको क्रममा दिनभरिमा कयौ वजन उचाल्ने गर्दछु ।'
 
नेशनल वुमन कमीशनको अध्यक्ष ललिता कुमार मंगलमले आयोगको तर्फवाट सलमानको उक्त बयान प्रति असन्तुष्टि जनाउदै सलामनलाई पत्र काटेकी छन् । सो पत्रमा सलमानले किन त्यसो भने सोको स्पष्टिकरण मागिएको छ ।
 
यदि सलमानको उत्तर  एनसीडब्लूलाई चित्त नबुझे सो मामिला अदालतमा दर्ता गरिने नेशनल वुमन कमीशनले जनाएको छ । सलमानलाई स्पस्टिकरणको लागि ७ दिनको म्याद दिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ