arrow

राप्रपा महाधिवेशनको आन्तरिक तयारीमा, जिल्लाको समायोजन एक साताभित्र सक्ने

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि आन्तरिक तयारी थालेको जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ ।

समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको चार सदस्यीय समिति पनि गठन गरेको छ ।

बैठकले जिल्ला निर्वाचन समितिको गठन अबको एक साता भित्र अर्थात फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिको निर्वाचन २०७८ बैशाख १० गते भित्र सम्पन्न निर्णय पनि गरेको छ ।

बैठकले  ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पनि पारित गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ