arrow

क्रोएसिया र चेक रिपब्लिककाे परीक्षा

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
euro-cup.jpg.jpeg
काठमाडाैँ । बुधबार विहान पाैने १ बजे समूह 'डी' अन्तर्गतको पहिलो खेलमा चेक रिपब्लिक र टर्की आपसमा भिड्दैछन । समूहकै दोस्रो खेलमा क्रोएसिया स्पेनविरुद्ध मैदानमा उत्रदैछ । समूह डी मा स्पेन दुई खेलबाट ६ अंक जोड्दै पहिकलो स्थानमा रहेको छ भने समान खेलबाट क्रोएसिया ४ तथा चेक रिपब्लिक १ अंकको साथमा क्रमश दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने टर्कीले हाल सम्म अंक जोड्न नसकेको छैन ।
 
पहिलो तीन टोली अंक प्राप्त गर्ने ध्यानमा रहने छन् । टर्की आफ्नो प्रतिष्ठा जोगाउन अंकका लागि खेल्ने छ ।  क्रोएसिया र स्पेनले १-१ अंकमात्र जोड्न सके दोस्रो चरणमा पुग्ने छन् । 
 
चेक रिपब्लिक-टर्की
समूहको अन्तिम खेलमा चेकले टर्कीलाई हराएमा चेकको तीन खेलबाट ४ अंक हुनेछ । जसबाट उ समूहको दोस्रो टोली बन्ने संभावना बढ्न छ । तर यसको  लागि उसले क्रोएसिया तथा स्पेनको खेलको नतिजामा भर पर्नु पर्नेछ । जुन खेलमा क्रोएसिया स्पेनसँग ठुलो गोल अन्तरले पराजित हुनुपर्ने छ । अन्यथा चेकको लागि अर्को चरण पुग्नको लागि वेष्ट थर्डको शीर्ष चारभित्र पर्नको लागि अन्य समूहको नतिजामा भर पर्नु पर्ने हुन्छ । हालसम्म चेक रिपव्लिक र टर्की खेल मैदानमा १९ पटक भिडेका छन् । जसमा चेक १२ तथा टर्की ४ पटक विजयी भएका छन् भने ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक यही युरोकपको छनोट छरणमा भेट गरेका यी टोलीले खेलेको २ खेलमा १-१ पटक चेक र टर्की विजयी भए ।  
 
टर्की 
चौथो पटक युरोकप खेल्ने क्रममा समूह चरणका २ खेलमा क्रोएसियाविरुद्ध कमजोर प्रर्दर्शन र स्पेनसँग ३-० ले नतिजा सुम्पिएकाे टर्की समूहकाे आफ्नो अन्तिम खेलमा चेक रिपब्लिकको सामना गर्दैछ । अन्तिम १६ मा पुग्ने सपना पुरा नभए पनि प्रतियोगितामा आफ्नो साख बचाउन आफ्नो अन्तिम खेलमा चेकविरुद्ध जितको खोजीमा हुनेछ । सन् २००८ मा भएको युरोकपको सेमिफाइनलसम्म पुगेर सबैलाई आश्चर्य तुल्याएको टर्कीलाई चेक रिपब्लिकसँगको  भिडन्त निकै कठिन हुनेछ । 
 
चेक रिपब्लिक
सन् १९९६ बाट निरन्तर युरोकप खेल्न सुरु गरेको चेक रिपब्लिक सन् २०१६ सम्म गरेर कुल ६ पटक युरोकप खेल्दै छ। सन् २००४ मा पोर्चुगलमा भएको युरोकपको सेमिफाइनल सम्म पुगेको चेक यो पटक पनि नकआउट चरणमा पुग्नका लागि टर्कीलाई शिकार बनाउने दाउमा छ ।   
 
सन् १९६० मा फ्रान्समा भएको पहिलो युरोकप खेलेको चेकोस्लोभाकिया १९९६ मा आउँदा चेक रिपब्लिक भइसकेको थियो । यद्यपि, चेकोस्लोभाकियाको नामबाट सन् १९७६ मा जितेको युरोकप उपाधि चेक रिपब्लिको नाममा छ । तर चेक रिपब्लिकको नामबाट भएको सहभागितमा उसले उपाधि जित्न सकेको छैन । 
 
क्रोशिया- स्पेन 
समूह डी अन्तर्गतको दोस्रो खेलमा उक्त समूहका बलिया दुई टोली आपसमा भिड्दैछन् । स्पेनले समूहमा ६ अंक साथ यो खेल अगाडी नै क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ भने क्रोएसिया समेत स्पेनसँग ठूलो गोल अन्तरले पराजित नभए समूह उप-विजेता हुँदै अर्को चरणमा पुग्ने निश्चित जस्तै छ । यि दुईबीचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ । हालसम्म ५ पटक आपसमा खेलेका खेलमा क्रोएसिया १ तथा स्पेन ३ पटक विजयी भए । १ खेल बराबरीमा सकिएको छ । 
 
स्पेन 
विश्व फुटबलमा पावर हाउस मानिने स्पेन जारी प्रतियोगिताको उपाधिको मुख्य दावेदार टोली हो । आफ्नो २ खेलमा विजयी हुदै ६ अंकका साथ एक खेल अगाडी नै अन्तिम १६ मा स्थान पक्का गरेको यो टोली विश्व फुटबलमा एक छत्र राज गरिरहेको छ । सन् १९६४ मा पहिलो पटक युरोकपमा सहभागि भएको स्पेन सन् २०१६ भन्दा अघिसम्म ९ पटक युरोकप खेलिसकेको छ ।
 
९ पटकको सहभागितामा उसले ३ पटक उपाधि जितेको छ, भने एक पटक उप–विजेता बनेको छ  । सन् २०१० को विश्वकप विजेता पनि हाे । युवा खेलाडीको बर्चश्व रहेको टोलीमा पेड्रो रोड्रिग्वेज, अल्भारो मोराटा, रियाल मड्रिडका लुकास भाज्ग्वेज, एरिज एडुरिज, आन्द्रेस इनिएस्टा, सर्जिओ बुस्केट्स डेभिड सिल्भा, जेरार्ड पीकु,  कप्तान ईकर क्यासिलास जस्ता विश्व स्तरिय खेलाडी छन् । जहाँ सशक्त प्रदर्शनको आँकलन छ 
 
क्रोएसिया
पाँचौ पटक युरोकपमा उपस्थिति जनाएको क्रोएसियाले जारी युरोकपमा सुखद् प्रदर्शन गरेको छ । २ पटक क्वार्टफाइनल खेलिसकेको क्रोएसिया सन् १९९८ फ्रान्समा भएको विश्वकपमा तेस्रो भएको थियो । फ्रेन्च भूमि उसका लागि निकै लाभदायक मानिन्छ । जस कारण समूहको पहिलो खेलमा उसले सहज जित दर्ता गरेको थियो भने दोस्रो खेलमा बराबरी खेलेको थियो। यस पटक पनि क्रोएसिया सन् १९९८ को विश्वकप कै नतिजा दोहोर्‍याने दाउमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ