arrow

योगलाई आफ्नो दैनिकीसँग जोडौंः मोदी

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
Modi-reu-l.jpg.jpeg
चण्डिगढ (भारत)। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मङ्गलबार भारतीय प्रधानमन्त्री भारतको उत्तरी भूभागमा अवस्थित पर्यटकीय सहरमा सञ्चालन गरिएको योग अभ्यास कार्यक्रममा सहभागिता जनाएका छन् । 
 
सेतो ट्र्याक सुटमा भारतीय विद्यार्थी, सेना, कर्मचारीलगायतका करिब ३० हजार बढी मानिस सहभागी कार्यक्रममा सहभागी सबैलाई प्रधानमन्त्री मोदीले योगलाई आफ्नो दैनिकीसँग जोड्न अनुरोध गरे  । 
 
करिब पाँच हजार वर्ष पूरानो मानिएको योग अभ्यास मानव जातिको स्वथ्य शरीरसँग जोडिएको एक विधा भएको बताउँदै अब योगलाई जनताका आम आन्दोलनसँग जोड्न पनि प्रधानमन्त्री मोदीले अनुरोध गरेका छन् । 
 
योगको सन्देश सामाजिक सद्भावः बान 
 
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले दोस्रो योग दिवसका अवसरमा ‘इन्डियन परमानेन्ट मिसन’मा आयोजना गरेको कार्यक्रमा वाचन गरिएको सन्देशमा योगको सन्देश सामाजिक सद्भाव भएको बताउँदै सम्पूर्ण विश्व समुदायलाई जातीयता, धार्मिक विश्वास, लैङ्गिक क्रियाकलापलाई वेवास्था गर्दै एकताका लागि प्रतिबद्ध हुन आग्रह गरेका छन् । 
 
योग दिवसका अवसरमा महासचिव मुनले सम्पूर्ण मानव जातिलाई स्वच्छ विचार र स्वस्थ जीवनशैली ग्रहण गर्दै मानव जातिबीच जातीय तथा धार्मिक, लैङ्गिक विश्वासका आधारमा एक आपसमा विभाजित नबनी एकताका साथ अघि बढ्न आग्रह गरेका हुन् । 
 
दोस्रो विश्व योग दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले यो दिवसलाई हरेक दिन एक मानव परिवारले समृद्ध एवम् साझा घरका परिवारजस्तै एकताबद्ध रुपमा मनाउने प्रण गर्न आग्रहसमेत गरे । 
 
वानले कुनै राष्ट्रियता, जातीय वा लैङ्गिक विभेदविना मानवबीच समानता महत्वपूर्ण भएको कुरा गत हप्ता संयुक्त राज्य अमेरिकाको अरल्याण्डोमा भएको गोली काण्डमा ४९ जनाको ज्यान गएको र ५० जना घाइते भएको कुरालाई सङ्केत गर्दै बताए । उनान्तिस वर्षीय ओमार माटिनद्वारा एक रात्रि क्लबमा भएको आक्रमणमा उनीसहित ४९ जनाको ज्यान गएको थियो ।  बानले प्राचिन, भौतिक, मानसिक एवम् आध्यात्मिक अभ्यासका लागि योग भारत क्षेत्रमा विकसित भई अहिले विश्वभर विभिन्न स्वरुपमा फैलिएको बताएका छन् । 
 
“योगले शरीर र आत्मबीच सन्तुलन राख्दै शारीरिक स्वस्थता र बौद्धिक समृद्धिका लागि सहयोग गर्छ ।” योग मानव मानवबीच सद्भाव कायम राख्ने र मानवलाई प्रकृतिसँग जोड्ने भएकाले नै संयुक्त रा्ष्ट्र सङ्घको महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेको बानको भनाई थियो । 
 
योगले पाएको विश्वव्यापी महत्व एवम् चर्चाका कारण हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरिएको भन्दै राष्ट्र संघ प्रमुख बानले दोस्रो अन्तर्राष्ट्रिय योग दिवसले गत वर्ष राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रद्वारा महसुस गरेको दीगो विकास लक्ष्यको भावनाअनुरुप स्वथ्य जीवनशैलीको परिकल्पनामा सहयोगी भूमिका खेलेको पनि बताए । 
 
योग वा शारीरिक अभ्यास वर्तमान निष्कृय जीवन पद्दतिमा स्वथ्य जीवनशैलीका लागि धेरै फाइदा पुर्‍याउने र क्यान्सर, मधुमेह, मुटुसम्बन्धी रोगलगायतका असाध्य एवम् नसर्ने रोगको रोकथाममा उल्लेख्य भूमिका खेल्ने विज्ञहरू बताउँछन् । 
 
समारोहमा प्रसिद्ध अध्यात्मिक नेता तथा इश फाउन्डेसनका संस्थापक सद्गुरु जाग्गी वासुदेवले योगलाई भारत क्षेत्रको गुरुत्वआकर्षण सिन्द्धान्तलाई युरोप क्षेत्रको मानेर ब्यबहार गर्नु नहुने बताए । एएफपी/पिटिआइ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ