डोटी । गएको जेठ २८ गते डोटीको पचनालीगाविस–६ तलकोटमा भएको यूवती हत्याका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या भएको करिब दुई साता पछि दोषीलाई पक्राउ गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अनुसन्धानपछि सोमबार बेलुका हत्यामा संलग्न लालबहादुर चन्दलाई प्रहरीले प्रक्राउ गरेको हो ।
बैतडीको सर्माली गाविस–१ घर भएका चन्द विगत ६ वर्ष यता पचनाली गाविसस्थित हरिहर उमाविमा माध्यामिक तह अंग्रेजी विषयको अध्यापन गराउँदै आएका थिए । हत्या भएकी २० वर्षीया युवती मीना साउदसंग प्रेम सम्बन्ध रहेको र साँउदले विवाहगर्न नमाने पछि आफुले हत्या गरेको हत्यारा चन्दले स्वीकार गरेका छन् । बयानमुखि अनुसन्धान भन्दा प्रमाणमुखि अनुसन्धानमार्फत हत्यारालाई पक्राऊ गरिएको अनुसन्धान टोलिका प्रमूख तथा प्रहरी नायव उपरीक्षक उद्धव देव भट्टले बताए ।
कल डिटेल, एलआइडी, सीआइडी लगायतका अनुसन्धान विधिमार्फत हत्यारा पत्तालागेको उनको भनाई छ । घटनाका दोषी चन्द नै भएको प्रहरीको ठहर छ । यस्तै, हत्यामा प्रयोग भएका हातहतियार एवं त्यसमा लाग्ने गोली के कसरी ल्याइयो भन्ने बारे समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।
दोषी चन्दले पत्रकार सम्मेलनमा समेत आफुले नै हत्या गरेको स्वीकार्दै आफुले एक वर्ष अघिदेखि हत्याको योजना बनाएको बताएका छन् । साथै घटनामा प्रयोग भएको १ थान पेस्तोल, एक थान रिभल्वर र तिनमा लाग्ने गोली समेत प्रहरीले बरामत गरेको छ ।
कैलालीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत मीनालाई गएको जेठ २८ गते राती भान्सामा चाउचाउ पकाइरहेको समयमा गोली प्रहार भएको थियो । विगत ५ वर्ष यता मीनाकै घरमा डेरा गरेर बस्दै आएका थिए ।
चन्दलाई कर्तव्य ज्यान उद्योग अन्र्तगत कारबाहीको प्रक्रिया अघि बढीसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हत्यारालाई हदै सम्मको कानुनी कारवाही गरिनु पर्ने मीनाका आफन्तहरुकोे भनाई छ । आततायी हर्कत गर्ने चन्दलाई सर्वस्वसहित जन्मकैद गर्नु पर्ने मीनाका काका गगन साउँदको माग छ । क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान व्यूरो, अञ्चल प्रहरी कार्यालय कैलाली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले संयुक्त अनुसन्धान गरेको हो ।
प्रेमिका मार्न के–के हतियार जोह गरे ?
चन्दले हत्यामा मेडइन युएस tongue emoticon लेखेको रिभल्वर १ थान, मेडइन इन्डिया लेखेको पेस्तोल १ थान, ९ एमएम को लाइफ राउण्ड १२ वटा, एम सिक्सटिन राइफलको लाइभ राउण्ड १ वटा, एसएलआरको फायर भएको बुलेट ११ वटा, ७.६२ एमएमको २ वटा गोलीको एउटा खोका पेस्तोलमा र गोली राख्ने डिब्बा एकथान बरामद भएको छ ।
दोषी चन्द २०६८ साल देखि शिक्षण गर्दै आएका थिए । चन्द शूरुमा केही समय भिम साउद, प्रताव साउदको घरमा डेरा गरी बसेका भएपनि २०६८ साउन देखि मीनाकै घरमा डेरा गरी बस्दै आएका थिए ।
मृतक साउँदलाई कक्षा ९ र १० मा पढाएका थिए । पढाउँदा देखि नै आफुहरुबीच प्रेम सम्बन्ध रहेको चन्दले बताए । एसएलसी पास पछि पनि अनमी पढ्न सुझाव दिएको नाम ननिस्केपछि मेजर विषय अंग्रेजी लिएर पढ्न पनि आफुले भनेको र पढाई खर्च बाफत ४ लाख जति खर्च समेत भएको उनले सुनाएका छन् ।
प्लस टू अध्ययन गर्दा सम्म सम्बन्ध राम्रो थियो, पछि आएर एक्कासी अर्कै केटा संग सम्बन्ध रहेको र त जस्ता केटा कति छन् कति छन् भने पछि म एक वर्ष देखि यस्तो योजनमा लागेको अभियुक्त चन्दले पत्रकार सम्मेलनमा–भने ।
२०७१ असोज २१ गते भारतीय कपडा बेच्ने व्यक्ति संग १५ हजारमा मेडइन युएस tongue emoticon लेखेको रिभल्वर १ थान किनेर फाइरिङ गर्न खोजेर असफल भए पछि अर्को पेस्तोल ८५ हजारमा किनेको हत्या अभियोग स्वीकारेका चन्दले बताए ।
चन्दले मृतकका बाजे देबहादुर साउँद बाट १ लाख जग्गा किन्नको लागि भनि लगेको तर उक्त रकमले पेस्तोल किनेको समेत खुल्न आएको छ । हत्याका सामग्रीहरु आफु बस्ने कोठाको झारीमा राख्ने गरेको समेत उनले सुनाए ।
मृतक मीनाका बुवा वितेको १५ वर्ष भएको छ । उनका घरमा आमा, बज्यै, बाजे समेत थिए । मृतक मीना सुदूरपश्चिमाञ्चलन क्याम्पस धनगढीमा बि.ए. प्रथम वर्षको वर्खे विदामा घर आएका वेला यस्तो घटना भएको हो ।
पहरीले अभियुक्तलाई प्रमाणसहित सार्वजनिक गरेकामा अाफन्त राम ऐरले धन्यवाद दिदै हातहतियार बेच्ने व्यक्तिको समेत तत्काल खोजी गरी सार्वजनिक गर्न अनुरोध गरे । कुन ठाउँ बाट कसरी पेस्तोल, गोलीलगायत आयो ? यसबारे समेत विशेष अनुसन्धान भइरहेको र पुष्टि हुने वित्तिकै सार्वजनिक गर्ने प्रहरी उपरीक्षक डिल्लिराज बिष्टले बताए ।