arrow

रहेनन् लिभरपुलका लिजेण्ड इयान

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
ian-john-liverpool.JPG

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलका लिजेण्ड इयान सेन्ट जोनको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार निधन भएको लिभरपुलले मंगलबार बताएको छ । 

लिभरपुलले ‘हामी इयान जोनको निधनबाट धेरै दुखित छौँ’ भनेको छ । इयान लिभरपुलको इतिहासको एक महत्वपूर्ण खेलाडी हुन् । उनले आफ्नो १० वर्षे लिभरपुल बसाईका क्रममा दुई वटा प्रिमियर लिग तथा एउटा एफए कपको उपाधि जिताएका थिए । 

स्टार स्ट्राइकर इयानले सन् १९६१ देखि ७१ सम्म लिभरपुलबाट खेलेका थिए । उनकै उत्कृष्ट प्रर्दशनमा क्लबले सन् १९६४ र १९६६ को प्रिमियर लिग जितेको थियो ।

साथै १९६५ मा एफए कपको उपाधि जितेको थियो । इयानले लिभरपुलबाट ४२५ खेलमा १ सय १८ गोल गरेका थिए ।

उनी स्कटल्याण्डबाट सन् १९६१ मा एन्फिल्ड आएका थिए । आएको ७२ घण्टापछि नै उनले लिभरपुलबाट खेलेका थिए । उनको डेब्यु खेल एभर्टनविरुद्ध थियो ।

त्यो खेल सन् १९६१ को मे मा गुडिसन पार्कमा ७० हजार दर्शक सामु सिनियर कपका लागि भएको थियो । 

लिभरपुलले उक्त खेल ४–३ गोल अन्तरले हारेको थियो । तर जोनले उक्त खेलमा ह्याट्रिक गरेका थिए । 

लिभरपुल लिगको डिफेन्डिङ च्याम्पियन पनि हो । जारी सिजनमा भने छैटौं स्थानमा रहँदै उपाधिबाट टाढिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ