arrow

जर्मनी र पोल्याण्ड दोस्रो चरणमा

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Poland_Ukraine.jpg.jpeg
काठमाडौं। समुह 'सी'बाट जर्मनी र पोल्याण्डले 'राउण्ड अफ सिक्सटिन'मा स्थना पक्का गरेका छन्। जर्मनीले उत्तरी आयरल्याण्डलाई १-०ले पराजित गरेको छ भने पोल्याण्डले युक्रेनलाई १-० गोलले पराजित गरेको हो। जर्मनी र पोल्याण्ड दुवैले ३ खेलमा ७-७ अंक हासिल गर्दै दोस्रो चरणको यात्रा संभव पारेका हुन्। 
 
जर्मनीले उत्तरी आयरल्याण्डलाई हराउने क्रममा ३०औं मिनेटमा मारियो गोमेजले गोल गरेका थिए। क्त गोल नै निर्नायक सावित भएको थियो। एकतर्फी जस्तो भएको खेलमा पुर्ण नियन्त्रण जर्मनीले लिएको भए पनि थप गोल भने गर्न सकेन्। 
 
७०% बल नियन्त्रणमा लिएको जर्मनीले आयरल्याण्डको पोष्टमा कुल २१ आक्रमण गरेको थियो भने आयरल्याण्डले एक पटक आक्रमण गरेको थियो। 
Michael McGovern was the hero of the hour for the Northern Irish as he pulled off a number of saves to keep out the Germans
 
पोल्याण्ड र युक्रेन बिचको खेलमा ५४औं मिनेटमा जाकुब ब्लासक्योस्कीले गोल गरेका थीए। उक्त गोल निर्णायक सावित भएको थियो। खेलमा युक्रेनले धेरै समय बल नियन्त्रणमा लिएको भएता पनि गोल गर्न नसक्दा पराजित हुनु परेको थियो। 
 
युक्रेनले १२ पटक पोष्टमा आख्रमण गरेको थियो भने पोल्याण्डले ८ पटक आक्रमण गरेको थियो। खेलमा ६४% बल नियन्त्रणमा लिएको युक्रेन एक गोल पनि नगरी प्रतियोगिताबाट बाहिरिएको छ। 
 
समुहमा जर्मनीले १ गोल पनि खाएको छैन् भने ३ गोल गरेको छ भने पोल्याण्डले २ गोल गर्दा एक गोल पनि खानु परेको छैन्। उत्तरी आयरल्याण्डले २ गोल गर्दा दुई नै गोल खाएको छ भने युक्रेनले एक गोल पनि नगरिकन ५ गोल खाँदै प्रतियोगिताबाट बाहिरिएको छ। 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ