arrow

सरकार र विप्लव समूहबीचको सहमति स्वागतयोग्य : कमल थापा 

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकार र नेत्र विक्रम चन्द (विप्लव) समूहबीच भएको सहमतिको स्वागत गरेका छन् ।

विहीबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति स्वागतयोग्य भनेका छन् ।

थापाले लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ,संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ ।' सरकार र विप्लव समूहबीच ३ चरणको वार्तापछि बिहीबार ३ बुँदे सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ