arrow

मेस्सीको जादुई प्रदर्शन, २३ बर्षको उपाधि खडेरी अन्तको बाटोमा अर्जेन्टिना

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Copa_messi1.jpg.jpeg
काठमाडौं। लियोनल मेस्सीको उत्कृष्ठ प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेको छ। सेमीफाईनलमा आयोजक अमेरिकालाई ४-०ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा पुगेको हो। 
 
खेलको तेस्रो मिनेटमा एजेक्वेल लावेजीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ३२औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत दर्शनिय गोल गर्दै अग्रता २-० बनाएका थिए। खेलको ५० र ८६औं मिनेटमा गोन्जालो हिगुईनले गोल गर्दै खेल ४-०ले आफ्नो पक्षमा पारेका थिए।
 
खेल अवधिभर जर्गेन क्लिन्सम्यानको अमेरिकाले मेस्सीलाई रोक्न सकेको थिएन्। मेस्सी आफ्नो नाम अनुसारको केल प्रदर्शन गर्दै अर्जेन्टिनाकालागि धेरै अवसरहरुको सृजना गरेका थिए। लावेजी र हिगुईनको गोलमा बल निकाल्ने काम पनि मेस्सीले नै गरेका थिए। अर्जेन्टिनाको खेल योजनालाई क्लिनसम्यानको अमेरिकाले तोड्न सकेन र पराजित हुन पुगेको थियो। 
 
स्टार खेलाडी लियोनल मेस्सीले खेलमा एक्लै दबदबा बनाएका थिए। उनलाई बाँकी टोली सदस्यहरुले साथ दिएका थिए। अमेरिका बिरुद्धको गोलले मेस्सीलाई अर्जेन्टिनाकालागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनाएका थिए। अर्जेन्टिनाकालागि उनले ५५ गोल गरिसकेका छन्। 
 
१४ पटकको बिजेता अर्जेन्टिनाले फाईनलमा कोलम्बिया र चिली बिचको बिजेतासँग खेल्नेछ। यसअघीको संस्करणमा फाईनलमा चिलीसँग पराजित भएर अर्जेन्टिना दोस्रो भएको थियो। सन् १९९३मा अन्तिम पटक कोपा जितेको 
 
अर्जेन्टिनाले २३ बर्षको उपाधि खडेरीलाई रोक्ने अनुमान गरिएको छ। फर्ममा रहेको अर्जेन्टिना सन् २०१४को विश्वकप फाईनलमा जर्मनीसँग पराजित भएको थियो। 
 
Argentina's No 10 watches on as his curling effort flies past USA goalkeeper Brad Guzan in the Copa America
 
Messi was promptly mobbed by his team-mates as his strike set a new Argentine goalscoring record of 55
 
Before the second half resumed, a fan ran on to the pitch to embrace Argentina's diminutive genius
 
Higuain completed the 4-0 scoreline for Argentina on 86 minutes with this close-range finish past Guzan



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ