arrow

मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरे प्रधानमन्त्री ओलीका उपलब्धी

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
kp-oli-shankar-pokhrel.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन बर्षे सरकार संचालनको समिक्षा भइरहेको छ । २०७४ फागुन ३ गते गठन भएको सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको दावी गरिरहेको छ ।

स्थिरता, समृद्धि र सुशासनको नारासहित चमत्कारपूर्ण काम गरेको बताए पनि राजनीतिक र नागरिक वृत्तमा सरकारका काममाथि अनेक प्रश्न उठेका छन् ।

यसैविच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीले राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका काम गरेको बेलिविस्तार लगाएका छन् । ओलीका समर्थक तथा विश्वास पात्र पोखरेलले फेसबुकमा २० बुँदामा ओलीका कामहरुको ब्याख्या गरेका छन् ।

प्रम ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः

  • विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण ।
  • जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना ।
  • भारतिय नाकावन्दीको सामना र सफलता ।
  • चिनसंगको ऐतिहासिक पारवान सम्झौताबाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण ।
  • नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि ।
  • सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व । 
  • भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास । 
  • अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना । 
  • सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती ।
  • पूर्वधार विकासमा तिव्रता ।
  • लोडसेडिङ अन्त्यका लागि योजनावद्ध पहल ।
  • रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, सातवटा उत्तरदक्षिण करिडोर,चारवटा पूर्वपश्चिम राजमार्गको निर्माण र विस्तार, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी ।
  • सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ।
  • विल्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व ।
  • छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण ।
  • तराई मधेसको विकासमा तिव्रता ।
  • प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि ।
  • सडक मानवरहीत अभियानको नेतृत्व ।
  • स्वास्थ पुर्वाधार विकासमा क्रान्ति ।
  • कृषिको आधुनिकीकरण र सिचाई सुविधाको विस्तार ।
  • कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।
  • तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ । पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ