arrow

काबुल आक्रमणमा निधन भएका १२ नेपालीको शव काठमाडौं आइपुग्दै

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Nepal-Airlines.jpg.jpeg
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी निधन भएका १२ नेपालीको शव केही बेरमा काठमाडौं ल्याइ पुर्‍याइने भएको छ । शव लिन नेपाल वायु सेवा निगमको जहाँज त्यसतर्फ गएको छ । विमान काठमाडौं दिउँसो २ः४५ मा आइपुग्ने परराष्ट्र मन्त्रालय प्रवक्ताको कार्यालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
 
उनलका अनुसार विमानमा त्यहाँ कार्यरत अन्य नेपालीसमेत आउन लागेको बनाइएको छ । यद्यपि, संख्या यकिन नभएको उनको भनाई छ । यस्तै, घाइतेलाई भने दिल्ली लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ५ घाइते दिल्ली लगिएको र थप २ घाइतेलाई एयर–एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी छ । 
 
परराष्ट्रका सहप्रवक्ता सुधिर भट्टराईका अनुसार विमानमा १२ शव र अन्य १५–२० जना नेपाली आउन लागेका छन् । यस्तै, गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले अन्य नेपाली समेत आएको भएपनि आफुहरुलाई १२ जनाको शव बाहेक जानकारी नभएको बताए । कोइरालाले सके सम्म आजै शव गृह जिल्ला पुर्‍याइने तयारी गरेको जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ