arrow

विद्यार्थीलाई आश्वस्त पार्दै देउवाले भने, 'नेविसंघको महाधिवेशन हुन्छ र निष्पक्ष हुन्छ'

logo
प्रकाशित २०७३ असार ८ बुधबार
sher-deuba.jpg.jpeg
काठमाडौ। बिगत ९ बर्ष देखि हुननसकेको नेविसंघ महाधिवेशन तोकिएको मितिमा निष्पक्ष रुपमा हुने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।  साउन २३ -२५ का लागि काठमाण्डौमा तोकिएको एघारौ महाधिवेशनमा नक्कली प्रतिनिधिको बोलवाला रहेको र नेबिसंघ नेतृत्वले बिवाद टुंगिएको भनिएका ६४ जिल्लामा नै ६०० भन्दा बढि प्रतिनिधि नक्कली रहेको प्रतिवेदन बुझाउन देउवा निवास पुगेका करिब दुई सय बिद्यार्थी नेता कार्यकर्ताको समुहलाई सम्बोधन गर्ने क्रममा देउवाले सो कुरा बताएका हुन्। 
 
नेबिसंघ नेता कुन्दन काफ्ले, युबराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारि बस्नेत, तुलसा पन्त, वलदेव तिमिल्सिना लगायतको नेतृत्वमा पुगेका बिद्यार्थीहरुले बिबादित २२ जिल्ला, बिश्वबिद्यालय र उपत्यकाका क्याम्पसहरुमा बिधिबत अधिबेशन तथा भागबण्डा गरि बनाईएका नक्कली प्रतिनिधि खारेज गरि महाधिबेशन सुनिश्चित गर्न माग गरेका थिए। 
 
जबाफमा देउवाले पार्टी केन्द्रिय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरि महाधिबेशन सुनिश्चित गरिने कुरामा आश्वस्त पारेका थिए। हालै सम्पन्न नेबिसंघ केन्द्रिय समितिले साउन २३-२५ लाई महाधिबेशनको मिति तोकेर बिबाद समाधानका निम्ति सात सदस्यिय कार्यदल बनाएको थियो। तर सो कार्यदललाई साउन ५ सम्म प्रतिबेदन बुझाउने म्याद दिनुका पछाडि नेबिसंघ नेतृत्वको महाधिबेशन नगर्ने नियत रहेको आरोप बिद्यार्थी नेताहरुले लगाएका छन्। 
 
महाधिबेशनमा महामन्त्रीका आकांक्षी समेत रहेका विद्यार्थी नेता डिल्लीराम सुबेदीले भने 'साउन २३ मा महाधिबेशन तोक्ने तर करिब १५ सय महाधिबेशन प्रतिनिधिमा रहेको बिबादबारे प्रतिबेदन बुझाउने कार्यदलको म्याद नै साउन ५ सम्म राख्नु भनेको अन्तिम समयमा प्रतिनिधि भागबण्डा गर्ने दाउ देखिन्छ, महाधिबेशन पक्षधर विद्यार्थिलाई यो कदापि स्विकार्य हुन सक्दैन। बिबादको निरुपण बिधिबत अधिबेशन र महाधिबेशन नै हो।'
 
नेबिसंघ केन्द्रिय अध्यक्ष रंजित कर्ण हाल देश बाहिर रहेकाले उनि फर्किए पछि बिधिबत र निष्पक्ष महाधिबेशनका निमित्त आबश्यक निर्देशन  र बाताबरण बनाउन सहयोग गर्नेमा सभापति देउवाले आश्वस्त पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ