काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा परी निधन भएका १२ नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारबाट निस्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर प्रधानमन्त्रीले शव बुझ्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले हाम्राकुरालाई जानकारी दिए ।
उनले भने, ‘हामी सिंह दरबारबाट निस्कनै लाग्यौं, विमान २ः३८ मा ल्याण्ड हुँदै छ ।’ यसअघि विमान २ः ४५ मा ल्याण्ड हुने भनिएको थियो । विमानमा १२ नेपालीको शव र उनीहरुले काम गर्ने केही नेपाली सुरक्षा गार्ड आउन लागेका बताइएको छ ।