arrow

भविष्यप्रति संवेदनशील बनी मतदान गर्न क्यामरुनको आग्रह

logo
प्रकाशित २०७३ असार ८ बुधबार
david-camron.jpg.jpeg
लन्डन (बेलायत)। बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मङ्गलबार बेलायती नागरिकलाई आफ्ना बालबालिकाको भविष्यप्रति सचेत बन्दै ‘ब्रेक्जिट’ को पक्ष वा विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । 
 
उनले बेलायत ईयूमा रहने वा नरहने सम्बन्धमा हुन लागेको जनमत सङ्ग्रहमा यदि बेलायत ईयूबाट बाहिरिने पक्षमा मत परिणाम आएमा यसले मुलुकका भावी सन्ततिलाई आर्थिक सङ्कटतर्फ लाने बताउनु हुँदै निर्वाचन हुने ४८ घण्टा बाँकी रहँदा यस्तो चेतावनी दिएका हुन् । 
 
उनले बेलायतको भविष्यलाई चक्कुको धारमा पारेर गरिएको ब्रेक्जिट अभियानले अभियन्ता स्वयम्लाई समेत हित नगर्ने बताए । 
 
पाका मतदाताहरुलाई लक्षित गर्दै उनले भने , तपाईहरुका छोराछोरी तथा नातिनातिनी भविष्यको आशा र सपनाका लागि सोचेर निर्णय गर्नु हुन आग्रह गर्छु । यदि तपाईले जनमत सङ्ग्रहमा बेलायत ईयूबाट बाहिरिनिुपर्ने पक्षमा मतदान गरेमा यसलाई उल्टाउन सम्भव हुने छैन, मनजित्ने किसिमले प्रधानमन्त्री क्यामरुनले चेतावनी दिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ