- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महाभारतको युद्धमा भगवान् श्रीकृष्णको कृपाबाट पाण्डवहरूको विजय भयो । तब भगवान्ले युधिष्ठिरलाई भन्नुभयो, 'हस्तिनापुरमा तिमि राज्य गर ।' भगवान्को वचन सुनेर युधिष्ठिरले भने, 'भगवान् यो राज्य अनर्थको जड हो, म राज्य गर्दिन ।'
भगवान्ले भन्नुभयो, 'हे पाण्डव नन्दन अब चाडै कलियुगको सुरुवात हुदैछ, कलियुगमा पाप यति बढ्नेछ कि मानिसलाई बाच्न कठिन हुनेछ। हरेक ठाउँमा अशान्ति र पाप पाखण्डको बोलवाला हुनेछ । यस कारण कलियुग आउनु भन्दा पूर्व तिमि धर्मपूर्वक प्रजाको पालक बन।'
भगवान्को श्रीमुखबाट कलियुगको कुरा सुनेर युधिष्ठिर तथा पाण्डवहरूले भने, 'भगवान् कलियुगको कस्तो स्वरूप हुनेछ, कृपया बताउने कष्ट गर्नुहोस् ?'
श्रीकृष्ण भगवान्ले पाँच पाण्डवलाई पाँच स्थान पठाएर भन्नुभयो, 'तिमीहरूले जे आश्चर्य तथा अचम्मको कुरा देख्छौ आएर भन्नु तब म तिमीहरूलाई कलियुगको स्वरूप सम्झाउनेछु ।'
पाँच पाण्डव पाँच तर्फ गए तथा सबैले एक एक अचम्मका कुरा देखे । सबै भगवान् भएको ठाउँमा फिर्ता आए। भगवान्ले सबैभन्दा पहिले युधिष्ठिरलाई सोध्नुभयो,' तिमीले के देख्यौ ?'
युधिष्ठिरले भने, 'प्रभु मैले बाटोमा एक हात्ती देखे जसको दुई सुँड थिए।'
भगवान्ले भन्नुभयो, 'यो त कलियुगको स्वरूप हो । कलियुगका शासक पनि दुई सुँड भएको हात्ती जस्तै हुनेछन्। उनीहरूको कथनी र करनीमा अन्तर हुनेछ। भन्नेछन् एक र अर्कै काम गर्नेछन्। साथै उनीहरूले न्याय गर्ने समय वादी र प्रतिवादी (पक्ष र प्रतिपक्ष) दुवैका मानिसहरूसँग लाभ उठाउनेछन् । न्याय दिनेछैनन् ।'
तब भगवान्ले भीमसँग सोध्नुभयो, 'तिमीले के देख्यौ भीम ?'
भीमले भने, 'भगवान् मैले जङ्गलमा एक गाईलाई देखे जसले बाछीलाई जन्म दिएको थियो । त्यो बाछी मुस्किलले उभिँदै थियो तब गाइले नै बाछीको दूध पिउन थाल्यो । यस विचित्र दृश्यलाई देखेर म आश्चर्यचकित भए।'
भगवान्ले भन्नुभयो, 'पाण्डु नन्दन यो पनि कलियुगको स्वरूप हो। कलियुगमा माता पिता आफ्नो कन्यालाई बेचेर आफ्नो जीविका चलाउनेछन्। छोरीको कमाइको उपभोग उनको परिवारका सदस्यहरूको लागि गर्नेछन् । बाछीको दूध गाईले पिउनुको सङ्केत यही हो ।'
अर्जुनले भने, 'प्रभु मैले श्मशान भूमिमा एक पक्षीलाई देखे जसको खुट्टा र पछाडि वेद मन्त्र अङ्कित थियो, तर त्यो पक्षीले मुर्दालाई खादै थियो । यसमा कलियुगको के सङ्केत जोडिएको छ ?'
भगवान्ले भन्नुभयो, 'हे अर्जुन त्यो पक्षी कलियुगको तर्फ सङ्केत गर्दै छ कलियुगमा विद्वान तथा वेद पाठी मानिसहरू मुखबाट वेद मन्त्र पढ्नेछन् तर उदर पूर्तिको लागि उनीहरू कसैको श्राद्ध तथा मृत्युको अवसरमा पनि गएर भोजन ग्रहण गर्नेछन्।'
फेरी भगवान्ले नकुलसँग सोध्नुभयो,' तिमिले के देख्यौ ?'
नकुलले भने, 'नाथ मैले एक स्थानमा तीन कुवा देखे जसको लम्बाइ, चौडाइ र गहिराइ तथा बनावटमा समानता थियो तर आश्चर्य यो छ कि छेउ छाउको कुवामा त जल थियो तर बिचको कुवा सुख्खा थियो, यसको के कारण छ ?'
भगवान्ले भन्नुभयो, 'यी तीन कुवा कलियुगमा दाजुभाइको आपसी सम्बन्धमा सङ्केत गर्दै छ। एक भाइ निर्धन हुनेछ अर्को धनवान् हुनेछ। तर धनवान् आफ्नो निर्धन भाइको सहायता नगरेर धनवान् छिमेकीसँग सम्बन्ध एवं मित्रता गाँस्नेछ ।'
भगवान्ले गरेको चर्चा सुनेर सहदेवले भने, 'प्रभु चारै दाजुहरूले कलियुगको स्वरूपको सङ्केत गर्नुभयो तर मैले त यसबाट भिन्न एक अर्को आश्चर्य देखे। एक हिमाल पर्वतमाला एकाएक पर्वतबाट झर्न थाल्यो जसबाट अनेक रुख बिरुवाहरू सबै भाँचिए। कुनै पनि रुख बिरुवाले त्यस पहिरोलाई रोक्न सकेन तर तल झर्नबाट एक सिन्कोले रोक्यो। तपाई भन्नुहोस् भगवान् यसमा कलियुगको के सङ्केत छ ।'
भगवान्ले भन्नुभयो, 'सहदेव कलियुगमा धर्म रुपी पर्वत खण्ड आफ्नो स्थानबाट खस्किन थाल्नेछ। आचार-विचार-नेम-जप-तप-ब्रत यी सबै रुख बिरुवा जस्तै हुन् जसले धर्मलाई बचाउन सक्नेछैन। धर्मको हानी बाट जप तप पूजा पाठ पनि छिन्न भिन्न हुनेछ । त्यो सिन्को भगवान्को नामको सङ्केत हो । त्यसैले मात्र सबैको रक्षा गर्नेछ।'
भन्नुको भाव यो हो कि कलियुगमा मात्र नामद्वारा नै धर्मको रक्षा हुनेछ। नामबाट नै सबैको उद्धार हुनेछ । यस कारण सन्त भन्छन् -
नहि कलि कर्म न भक्ति विवेकू
राम नाम अवलंबन एकू ।
कलियुग केवल नाम अधरा ।
सुमिरि सुमिरि नर उतरे पारा ।।