arrow

काबुलबाट १२ नेपालीकाे शव लिएर आएको विमान अवतरण

२४ जना कामदार पनि आए

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Nepal-Airlines.jpg.jpeg
काठमाडौं । अफगानिस्ताको राजधानी काबुलमा भएको विष्फोटमा परी निधन भएका १२ नेपालीको शव लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिवुभवन विमानस्थलमा अवतरण गरेको छ । विमान २ः ४५ मा अवतरण गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । १२ जनाको शव सहित २४ जना कामदार काठमाडौं आइपुगेका छन् । र्किएकामध्ये बढी नुवाकोटका ९ जना छन् । उनीहरुले अब फेरि अफगानिस्तान नजाने बताएका छन् । 
 
शव बुझ्ने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री र मृतकका आफन्तहरु विमानस्थल पुगेका छन् । सोमबार काबुलमा भएको विष्फोटमा १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेलाई भने दिल्ली पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ