arrow

समुह 'एफ'को अन्तिम खेल, पोर्चुगललाई जित्नै पर्ने दवाब

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Ronaldo_Portugal.jpg.jpeg
काठमाडौं। बुधबार बेलुकी ०९;४५ मा समुह 'एफ' अन्तर्गतको पहिलो खेलमा आईसल्याण्ड र अष्ट्रिया एक आपसमा  भिड्दैछन भने  समुहकै दोस्रो खेलमा पोर्चुगल हंगेरी विरुद्द मैदानमा उत्रदैंछ। समुह एफ  मा हंगेरी दुई खेलबाट ४ अंक जोड्दै पहिलो स्थानमा रहेको छ भने समान खेलबाट आईसल्याण्ड २ तथा पोर्चुगल २ अंकको साथमा क्रमश  दोस्रो तथा तेस्रो स्थानमा रहेका छन  भने अष्ट्रियाले १ अंक जोड्दै समुहको  पुच्छारमा रहेको छ।
 
समुहमा हंगेरी ४ अंक जोड्दै एक खेल अगाडी नै राउन्ड अफ सिक्सटिनमा प्रवेश गरिसकेको त्यसैले उसलाई अन्तिम खेलमा पोर्चुगल विरुद्द अंक हासिल गर्नै पर्ने बाध्यता रहने छैन । अन्य बाकीँ रहेका तीन टोलीको अर्को चरणमा प्रवेशको सम्भावना  करिब बराबर रहेको छ भने बाँकी तीन टोलीले आफ्नो उक्त खेलमा निश्चित जित हात पारे अर्को चरणमा प्रवेश गर्ने छन्।
 
पोर्चुगल- हंगेरी
आज हुने समुहको  अन्तिम खेलमा पोर्चुगलले  हंगेरीलाई हराएमा  ५ अंक जोड्दै अर्को चरणमा प्रवेश गर्नेछ भने समुह विजेताको टुङ्गोको लागि उसले आईसल्याण्ड र अष्ट्रिया बिचको नतिजा कुर्नु पर्नेछ।  । 
 
यदी उक्त खेलमा पोर्चुगल हंगेरी सँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ भने उक्त खेल बराबरीमा सकिएमा समुह उप बिजेता अथवा बेष्ट अफ थर्ड को शिर्ष ४ भित्र रहदै अर्को चरण प्रवेश गर्ने पक्का हुनेछ । पोर्चुगल विरुद्द को खेलमा हारे पनि अर्को चरणमा प्रवेश गर्ने हुनाले उक्त खेलमा हंगेरी रक्षात्मक खेल खेल्ने निश्चित छ। 
 
हाल सम्म १० पटक एक आपसमा  भिडेका यी दुई टोली जसमा पोर्चुगल ७ पटक बिजयी भएको छ भने ३ खेल बराबरीमा सकिएको छ।
 
पोर्चुगल
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल यो युरोकपको उपाधिको प्रमुख दावेदार मध्ये एक टोली हो। रोनाल्डो, नानी, पेपे जस्ता स्टार खेलाडी रहेको यो टोलीले हालसम्म एक पटक पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । त्यसैले यो युरोकप जित्दै उ आफ्ना समर्थकलाई पहिलो उपाधिको खुसीयाली दिन चाहान्छन्।  
 
युरोकपमा ६ पल्ट सहभागिता जनाएको पोर्चुगलको सबै भन्दा सुखद् नतिजा सन् २००४ मा आफ्नै घरेलु भूमिमा भएको युरो कपमा फाइनल सम्म पुग्नु हो । हाल फिफा विश्व वरियतामा ८ औ स्थानमा रहेको पोर्चुगल सन् २०१० जुन मा  विश्व वरियतामा ३ औ स्थानमा पुगेको थियो जुन उसको हाल सम्मकै सबै भन्दा उच्च स्थान हो।  जुवा मोउटिनह्यो, नानी, रुई पाट्रिसियो, ब्रुनो एल्भास, पेपे, क्रेश्चियानो रोनाल्डो जस्ता सुपर स्टार रहेको यो टोली आफ्नो पहिलो युरोकप जित्ने ध्यानमा रहेको छ।
 
 
हंगेरी 
जारी युरोकपको समुह  'एफ' अन्तर्गतको अष्ट्रिया विरुद्दको आफ्नो पहिलो खेलमा शश्क्त प्रदर्शन गर्दै  तुलानात्मक रुपमा बलियो मानिएको अष्ट्रियालाई २-० तथा आइसल्याण्ड सग बराबरी खेल्दै समुहमा ४ अंकको साथ शिर्ष स्थानमा रहेको छ।  
 
आफ्नो सन् १९औ शताव्दिको फुटबलमा सर्वाधिक शक्तिशाली  देशको भएको  प्रभुत्व पोर्चुगल विरुद्दको खेलमा देखाउने अपेक्षा गरिएको छ।तत्कालिन फुटबल महारथी हंगेरी सन् १९६४ र १९७२  दुई पटक युरोकपमा सहभगिता जनाएको उसले  दुबै पटक युरोकपको सेमिफाइनल सम्मको यात्रा गरेको थियो। 
 
हाल विश्व फुटबल वरियतामा २० औ स्थानमा रहेको यो टोलीको  वरियतामा उच्च स्थान सन् २०१० अप्रिलमा १८ औ स्थान हासिल गर्नु हो। विश्व फुटबलबाट एकाएक ओझेलमा परेको यो टोली दशकौं पछि फेरी उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दै आफ्नो पहिलो खेलमा सयखद नतिजा निकालेको यो टोलीको  क्रिसजियन,डेनियल बोडे,गावेर,किराय,रिचर्ड गुजमिक,रोनाल्ड ग्युचुहास,जोल्टन गेटा भरपर्दा खेलाडी हुन्। 
 
 
आईसल्याण्ड - अष्ट्रिया 
आज हुने समुहको  अन्तिम खेलमा आईसल्याण्डले अष्ट्रियालाइ हराएमा  ५ अंक जोड्दै अर्को चरणमा प्रवेश गर्नेछ भने समुह विजेताको टुङ्गोको लागि उसले पोर्चुगल र हंगेरी बिचको नतिजा कुर्नु पर्नेछ।  यदी उक्त खेलमा अष्ट्रियाले आईसल्याण्डलाई हराएमा अष्ट्रियाको तिन खेलबाट ४ अंक हुनेछ जसबाट उ समुहको  उप बिजेता या बेष्ट अफ थर्ड को शिर्ष ४ भित्र रहदै अर्को चरण प्रवेश गर्ने पक्का हुनेछ । 
 
यदि दुई टोली बिचको खेल  बराबरीमा सकिएमा अष्ट्रिया प्रतियोगिताबाट बाहिरिने छ भने आईसल्याण्डले उप-बिजेताको लागि पोर्चुगल  र हंगेरी  बिचको खेलको नतिजा पर्खनु पर्नैछ। उपविजेता हुन पोर्चुगल कम्तिमा बराबरीमा रोकिनु पर्ने हुन्छ यदी पोर्चुगल बिजयी भएमा आइसल्याण्ड बेष्ट अफ थर्ड मा शीर्ष ४ भित्र हुदै अर्को चरण पुग्नेछ। 
 
हाल सम्म आईसल्याण्ड र अष्ट्रिया खेल मैदानमा ३ पटक भिडेका छन् जसमा अष्ट्रिया १ मा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ। 
 
आइसल्याण्ड
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गरेको आइसल्याण्डले यो युरोकप पहिलो खेलमा बलियो मानिएको पोर्चुगल तथा हंगेरीसँग अप्रयासित  बराबरी खेल्दै सबैलाई चकित बनाएको छ।  
 
आफ्नो तेस्रो खेलमा अष्ट्रियाको को सामना गर्ने यो टोलीको लागी आफ्नो दुइ खेलको प्रदर्शनले मनोवल उच्च हुनेछ। छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड जस्ता बलियो टोलीलाइ हराएको आइसल्याण्ड यो युरोकपमा  अप्रत्यासित नतिजा निकाल्ने खुबी रहेको छ। 
 
यस प्रतियोगितामा हेनेस हेल्डोरसन,रग्नर सेगुर्डसन, बिकिर बियर्नासन,केरी अर्नासन, कोल्विन स्किथोर्सन उसका  प्रमुख हतियार हुन। विश्व फिफा वरियतामा हाल ३४ औ स्थानमा रहेको सन् २०१५ मा २३ औ स्थानमा पुगेको थियो जुन उसको सबै भन्दा उच्च स्थान हो। 
 
अष्ट्रिया
युरोकप छनोट समूह ‘जी’को विजेता बन्दै दोस्रो पटक युरोकपको लागि छानिएको यो टोली उक्त समूहमा अपराजित रहँदै छनोट भएको हो। हालविश्व फिफा वरियता मा २०औ स्थानमा रहेको अष्ट्रियाको यो हाल सम्म कै सबै भन्दा उच्च स्थान हो। 
 
युरोकप छनौट चरणमा   उसले कुल १० खेलमा ९ मा जीत  तथा १ बराबरी खेल्दै यो युरोकपमा छनोट भएको हो। मार्क जान्को, डेविड अल्बा , मार्को अर्नाउटोविक, मार्टिन हर्निक ,रोबर्ट अल्मेर जस्ता खेलाडी भएको यो टोली सन्तुलित रहेको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ