arrow

कुन जिल्लाका कस्ता किसानले कुन आयोजनाबाट अनुदान पाउने ? (विवरण सहित)

logo
प्रकाशित २०७३ असार ८ बुधबार
krishi-mantralaya.jpg.jpeg
काठमाडौं। आर्थिक वर्ष २०७३-७४ को लागि सरकारले दिने अनुदान यस वर्ष अघिल्लो वर्षको भन्दा छिटै नै लाभग्राहीहरूमा पुग्ने भएको छ। बजेट स्वीकृत भएर सम्बन्धित मन्त्रालयमा बजेटको अख्तियारीको लागि यो वर्ष साउनमा नै सबैकाम सकिने भएकोले कृषकहरूमा अनुदानको लागि पनि यो वर्ष छिटै नै प्रस्ताव आह्वान गर्ने तयारी गरिएको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। 
 
सरकारले आर्थिक वर्ष २०७३-७४ को लागि कूल ८ अर्ब ४६ करोडको रकम विनियोजन गरेको छ। जस अन्तर्गत् भौतिक संरचनाहरूको पुनर्निर्माण सहित विभिन्न चालू तथा पुँजीगत अनुदानको विषय पनि समेटिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए।
 
सरकारले यस वर्षको लागि पनि बजेट विनियोजन गरेको पशु सेवा प्रसार कार्यक्रम तथा, पशु स्वास्थ्, रोग अन्वेशण सेवा तथा क्वारेन्टाईन कार्यक्रम, पशु विकास सेवा कार्यक्रम र पशु आहारा सेवा कार्यक्रम ७५ वटै जिल्लामा सञ्चालन हुनेगरी विनियोजन भएको मन्त्रालयले जनाएको हो। 
 
त्यसबाहेकका अन्य कार्यक्रमहरूमा भने निश्चित जिल्लाहरूमा मात्रै कार्यान्वयन हुने बताईएको छ। कुन आयोजना कुन् कुन् जिल्लामा कार्यान्वयन हुँदै छ त ? यसलाई हामीले यसरी विश्लेषण गर्ने कोशिस गरेका छौं।
 
 
कुन आयोजनाबाट कुन् शीर्षकमा कस्ता काम हुन्छ ? 
सरकारले आगामी आर्थिक वर्षको लागि भनेर विनियोजन गरेको बजेट मध्ये कुन् जिल्ला भन्दा पनि कुन् शीर्षक अन्तर्गत् कस्ता कस्ता कार्यक्रमहरू आयोजना हुन्छन् त ? अर्थात् कस्ता किसानले कुन शीर्षकबाट अनुदान पाउँछन् त यो तलको तालिकामा यसरी प्रस्तुत गरिएको छ । 
अनुदान पाउने तरिका यस्तो छः–
तपाईँ यदी कृषक हुनुहुन्छ भने मात्रै अनुदानको लागि आवेदन दिन सक्नुहुने छ । किनभने सरकारले यस वर्षदेखि अनुदान दिने विषयमा केही कडाई गरेको छनाएको छ । तर, प्रक्रियामा भने परिवर्तन गरेको छैन । पशुपन्छी विकास मन्त्रालयका अनुसार कुनैपनि कार्यक्रममा अनुदान लिनको लागि सम्बन्धित जिल्ला पशु कार्यालयले साउन या त भदौ महिनामा अनुदानको लागि प्रस्ताव सहितको विवरण र निवेदन ‘कोटेशन’ माग गर्नेछ । 
 
सो विषयमा सम्बन्धित जिल्लाले एकै प्रकृतिको कार्यक्रमको सूचनाको लागि धेरै तिरबाट विज्ञापन गर्दा बढी खर्च लाग्ने भएकोले पशुसेवा निर्देशनालयले एकमुष्ट विभिन्न जिल्लाको नाम किटेर सूचना सावैजनिक गर्नेछ । त्यसमा कृषकहरूको सुविधाको लागि सम्बन्धित जिल्लाका स्थानीय रेडियोमा पनि सूचना बजाउने गरिएको मन्त्रालयले जनाएको छ । 
 
यसरी सूचना जारी भएपछि कृषकले समय तोकेको भए सोही समय भित्र र नतोकेको भए एक महिना भित्रमा आफूले काम गर्दै आएको जिल्लाको जिल्ला पशु कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । त्यहाँ कोटेशन बुझाएपछि सामान्य  आधारहरू हेरेर स्थलगत अध्ययन समेत गरी स्थलगतमा भेटिएको प्रमाणको आधारमा पास भएकाहरूलाई मात्रै जिल्ला कार्यालयले पशु सेवा निर्देशनालयमा अन्तिम छनोटको लागि पठाउने छ। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ