- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष चार स्थानलाई मजबुद पार्दै लगेको छ । सोमबार राति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेसँगै चेल्सीले शीर्ष चारमा रहेर लिग सकाउने सम्भावना बढाएको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे भने गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता लिएको थियो ।
६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को सहज जित दिलाए ।
सोमबारै भएको खेलमा वेष्टह्याम युनाइटेडले घरेलु मैदानमा लिड्स युनाइटेडलाई २–० गोल अन्तरले नै हरायो ।
अंक तालिका
जितसँगै चेल्सी लिगको चौथो स्थानमा पुग्न सफल भएको छ । चेल्सीले २८ खेलमा ५० अंक जोडेको छ । एभर्टन भने २७ खेलबाट ४६ अंकसहित सातौं स्थानमा रहेको छ ।
लिगमा २८ खेलबाट ६५ अंकको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । ५४ अंकको म्यानचेस्टर युनाइटेड दोस्रो, ५३ अंकको लेस्टर सिटी तेस्रो स्थानमा छ ।
वेष्टह्याम २७ खेलबाट ४८ अंकसहित पाँचौं स्थानमा पुगेको छ । टोटनह्याम ४५ अंकसहित सातौं तथा डिफेन्डिङ च्याम्पियन लिभरपुल ४३ अंकसहित आठौं स्थानमा छ ।