arrow

काबुलबाट १२ नेपालीको शव बाकससंगै फर्किए २४ जना, बढी नुवाकोटका (नामावलीसहित)

logo
प्रकाशित २०७३ असार ८ बुधबार
nepali-firta.JPG.jpeg
काठमाडौं । अफगानिस्ताको काबुल घटनापछि २४ नेपाली नेपाल फर्किएका छन् । सोमबार काबुलमा भएको आत्मघाती विष्फोटमा निधन भएकाहरुको शवसंगै २४ नेपाली कामदार घर फर्किएका हुन् । उनीहरु शव लिनका लागि सरकारले  चार्टड गरेर पठाएको नेपाल वायु सेवा निगमको जहाँजमै काठमाडौं ओर्लिएका हुन् ।
 
विमानस्थलमा ओर्लिएपछि उनीहरुले अब फेरि फर्केर अफगानिस्तान नजाने बताएका छन् । फर्किनेहरुमा सवैभन्दा बढी नौ जना नुवाकोटका छन् । फर्किने नुवाकोटका एक जना बाहेक अन्य सबै तामाङ समुदायकै छन् । 
 
निधन हुनेमा पनि बढी नुवाकोट र काठमाडौंकै थिए । यस्तै, ५ जना कास्कीका छन् भने दुई जना काठमाडौंका फर्किएका छन् । वुधबार दिउँसो मात्रै काबुलबाट शव लिएर आएको विमानमा परराष्ट्र मन्त्रालयले फर्किन चाहनेलाई सुविधान दिने पूर्व घोषणा नै गरेको थियो । फर्किएका आफन्तका परिवारले वर्तमान सरकारको कदमको स्वागत गरेका छन् । निधन भएकाहरुको शव बुझ्न र श्रद्धान्जली दिन प्रधानमन्त्री केपी ओली आफै विमानस्थल पुगेका थिए ।   
 
फर्किनेहरुको नामावली 
नुवाकोट
रत्नबहादुर तामाङ
विक्रमप्रसाद तामाङ
पूर्णबहादुर गुरुङ
रौत तामाङ
प्रेम तामाङ
ईन्द्र तामाङ
सुप तामाङ
लालबहादुर तामाङ
आइतसिंह तामाङ
 
कास्की
बेलप्रसाद गुरुङ
मणिराम खनाल
पूर्णबहादुर गुरुङ
खेमबहादुर गुरुङ
भगवान बञ्जारा
 
अन्य जिल्ला
नवराज खड्गी–काठमाडौं
चमकसिंह राई– काठमाडौं
श्याम तामाङ–काभ्रे
विक्रम विष्ट–प्युठान
केयरसिंह राना –तनहुँ
मानबहादुर थापा– पाल्पा 
दुर्गा लामा –गोरखा
सत्यनारायण श्रेष्ठ–चितवन 
खुसीलाल धिमाल–मोरङ
वीरबहादुर खत्री –सुनसरी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ