काठमाडौं । कांग्रेस सभापति एवं ससदीय दलका नेता शेबहादुर देउवाले सरकारलाई कस्न भन्दै संसदीय दल कार्यसमितिको बैठक डाकेका छन् ।
देउवाले विहिबार विहान ९ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बैठक डाकेका सचिव ध्रुव वाग्लेले जानकारी दिए ।
बैठकमा विषयगत समितिहरुको गठनबारे छलफल हुने छ । यस्तै, भूकम्प पीडित, बाढी पीडित, अग्नी पीडित तथा भोकमरीको सम्बन्धमा २०७३ जेष्ठ ३२ गते बसेको संसदीय दल कार्यसमितिको बैठकले गरेका निर्णय सरकारले गम्भीर रुपमा नलिएको र सुनुवाई नभएको भन्दै ती विषयमा घनिभूत छलफल गर्न बैठक बोलाएको वाग्लेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले सरकारलाई कस्न महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।