arrow

उपाधि दावेदार इटाली वेदबाब, स्वीडेन र आयरल्याण्डको परीक्षा

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Euro-2016-France.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरोकप फुटबलको समूह चरणका अन्तिम खेल विहिबार विहान सकिँदै छन् । पौने १ बजे हुने समूह ई का खेलमा इटाली र आयरल्याण्ड तथा स्वीडेन र बेल्जियम भिड्दै छन् । समूहमा इटाली दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ, भने समान खेलबाट बेल्जियम ३, स्वीडेन १ तथा आयरल्याण्ड १  अंकको साथ क्रमश  दोस्रो, तेस्रो तथा चौथो स्थानमा छन् । 
 
समूह ‘ई’मा इटाली ६ अंक जोड्दै एक खेल अगाबै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । उसलाई अन्तिम खेलमा आयरल्याण्डविरुद्ध अंक हासिल गर्नै पर्ने बाध्यता छैन । अन्य तीन टोलीले भने आफ्नो खेलमा जित हासिल गरेको खण्डमा मात्रै राउण्ड अफ सिक्सटिनमा पुग्ने छन् । यद्यपि, बेल्जियमले बराबरी गरेपनि फरक पर्ने छैन भने आयरल्याड कडा टोली इटालीसंग परेकाले जित आत्यावश्यक छ ।  ३ अंकका साथ दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरण पार गर्न केही सजिलो देखिन्छ। 
 
इटाली–आयरल्याण्ड
जारी युरोकपमा शानदार प्रदर्शन गरिरहेको दावेदार इटाली आयरल्याण्डविरुद्ध मैदान उत्रँदा पूर्ण रुपमा दबाब रहित हुनेछ भने आयरल्याण्डलाई जित्नै पर्ने दबाब हुनेछ । उसको लागि जित बाहेक अन्य नतिजाले  अर्को चरण पुर्याउन मद्दत गर्ने छैन ।  एक खेलमा हार तथा १ बराबरी गरेको उसको १ अंक मात्रै छ । यदी इटालीविरुद्धको खेलमा जित हासिल गरे ४ अंकको साथ समूह उप–विजेता वा वेष्ट अफ थर्डको शीर्ष चारमा पर्दै अर्को चरण पुग्नेछ।  खेलमा बराबरी वा  आयरल्याण्डको पराजयले  इटाली समूह बिजेता बन्नेछ भने आयरल्याण्ड प्रतियोगिताबाट बाहिरिनेछ। हाल सम्म १३ पटक मैदानमा भीडेकामा ८ पटक इटाली तथा २ पटक आयरल्याण्ड बिजयी भएको छ । ३ खेल बराबरीमा सकिएको छ । 
 
इटाली 
साविकको युरोकप उपविजेता तथा सन् १९६८ को युरो विजेता टोली इटालीले यो  युरोकपको पहिलो खेलमा प्रभावशाली मानिएको  वेल्जियम तथा स्वीडेनविरुद्ध सहज जित निकाल्दै समूहमा ६ अंकका साथ शीर्ष स्थानमा छ। 
 
जारी प्रतियोगिताको उपाधिको दावेदार मानिएको इटाली आफ्नो लगातार  तेस्रो  खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने दाउमा रहेको छ। युरोपियन फुटबलमा सशक्त मानिने यो टोली ४ पटकको विश्व विजेता तथा  सन् २०१२को युरो उपविजेताको नतिजा सुधार गर्दै युरोकप जित्ने प्रयासमा छ । 
 
हाल फिफा बरियतामा १२औं स्थानमा रहेको इटाली  सन् २००७ सेप्टेम्बरमा शीर्ष स्थानमा थियो। एन्टेनियो कान्त्रेभ, जानलुईजि बुफोन, थिआगो मोट्टाम, सिमोनी जाजा, ग्राजिआनो पेले, माटिओ डारमिन, इर्डन जस्ता   भरपर्दा खेलाडी रहेको इटाली आफ्नो तेस्रो खेलमा  आयरल्याण्डलार्इ स्तब्ध पार्ने दाउमा छ । 
 
आयरल्याण्ड
यो युरोकपको पहिलो खेलमा बलियो मानिएको स्वीडेनसंग बराबरी तथा दोस्रो खेलमा बेल्जियमसंग हार भोगेको आयरल्याण्डको  २ खेलबाट १ अंक छ । प्रतियोगितामा रहिरहन तेस्रो खेलमा इटालीविरुद्ध जित निकाल्ने तरखरमा रहेको आयरल्याण्ड सके सम्म अप्रत्यासित नतिजा निकाल्ने प्रयास गर्नेछ ।  
 
यो युरोकपमा प्ले अफमा बोज्निया हर्सगोभिनालाई हराउँदै छनोट भएको  आयरल्याण्डले यसअघि २ पटक युरोकप खेले पनि समूह चरण पार गर्न सकेको छैन । जोन वाल्टर्स, रोबी कीन, डेभिड मिलर, सेमस कोलमन, शे ग्लेभेन र स्टेफेन वार्ड उसका प्रमुख  हतियार हुन् ।  हाल विश्व फिफा वरियतामा ३३ औ स्थानमा रहेको उसको उच्च स्थान सन् १९९३ मा तेस्रो हुनु हो ।
 
बेल्जियम–स्वीडेन
समूह ‘ई’को अन्तिम खेलमा बेल्जियम र  स्वीडेन प्रतिस्पर्धा गर्दै छन् । समूहमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको बेल्जियमको लागि कम्तिमा १ अंक आवश्यक छ भने हार भोगेमा पनि अर्को चरण पुग्नको लागि अन्य समूहको नतिजा कुर्नु पर्ने छ । १ अंक जोडेको स्वीडेनका लागि भने प्रतियोगिताको अर्को चरणमा पुग्नको लागि स्पस्ट जित आवश्यक छ । त्यसैले यो खेलमा जित हात पार्ने टोली अर्को चरणमा पुग्ने छ  । तसर्थ यो खेल नक–आउट अघि कै नक–आउट हुनेछ । बराबरीले बेल्जियमलाई दोस्रो चरण पुग्न मद्दत गर्नै छ भने स्वीडेन प्रतियोगिताबाट बाहिरिने छ । यी दुई हाल सम्म १४ पटक आमने सामने हुँदा स्वीडेन ५ तथा बेल्जियम ७ पटक विजयी भएको छ । २ खेल बराबरीमा सकिएको छ ।  
 
स्वीडेन
जाल्टन  इब्राहमोभिचको प्रेरणादायी कप्तानी तथा प्रदर्शनमा रहेको यो टोलीले यो युरोकप आप्नो पहिलो खेलमा  जाल्टन चल्न नसकेपछि आयरल्याण्ड सँग बराबरी खेल्दै १ अंकमा चित्त बुझाउनु परेको थियो । दोस्रो खेलमा इटाली सँग स्तब्ध हुन पुगेको थियो । 
समूह ई मा रहेको यो टोली हाल तेस्रो स्थानमा रहेको स्विडेनलाई अघिल्लो चरण पुग्नको लागि बेल्जियमविरुद्धको आफ्नो तेस्रो खेलमा निश्चित जितको आवश्यक्ता छ । आक्रमक रुपमा प्रस्तुत हुने उसको नेचुरल खेल गुण हो । 
 
जाल्टनले आफ्नो एक्लो प्रयासले स्वीडेनलाई  युरोकप छनोट गराएका हुन् । उनले छनोट चरणको  कुल १० खेलमा ११ गोल गरेका थिए । मर्कस बर्ग, सेबेस्टियन लार्जन, आन्द्रेज ग्रान्कभिष्ट, आन्द्रेज आइजेक्सन तथा ज्लातान इब्राहमोभिच उसका भरपर्दा खेलाडी हुन् ।
 
हाल सम्म २ पटक क्वार्टरफाइनल सम्मको यात्रा गरेको यो टोलीको लागि इटालीविरुद्धको खेल महत्वपूर्ण हुनेछ।  सन् १९९४ मा फिफा वरियतामा उच्च स्थान हासिल गर्ने क्रममा दोस्रो स्थान सम्म पुगेको स्वीडेन हाल ३५औ स्थानमा छ । 
 
बेल्जियम
जारी प्रतियोगिताको पहिलो खेलमा बलियो मानिएको इटालीसँग पराजित भएको बेल्जियमले आफ्नो दोस्रो खेलमा आयरल्याण्डलाई हराएयो । युवा खेलाडी बाहुल्यता रहेको टोली पछिल्लो केही समय यता उत्कृष्ठ खेल खेल्दै आएको छ । 
 
विगत २ वर्ष यता निरन्तर फिफा बरियतामा शीर्ष ३ मा पर्दै आएको बेल्जियममाथि यो युरोकपकमा सम्पूर्ण फुटबल प्रशंसकको आँखा छ । समूहमा ३ अंक भएकोले सहजै अर्को चरण पुग्नको लागि यो खेलमा निश्चित अंकको खेजीमा रहेको बेल्जियमले आफ्नो स्वभाविक खेल देखाउन सके स्वीडेनलाई कडा चुनौती दिन सक्छ ।  
 
फिफा बरियातामा  हाल दोस्रो स्थानमा रहेको बेल्जियम सन् २०१५ नोवेम्बर देखि मार्च २०१६ सम्म शीर्ष स्थानमा रहयो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केविन डे ब्रुने, यानिक कारास्को, थोमस भर्मालिन आदी विश्व चर्चित खेलाडी रहेको टोली बलियो मानिएको छ । विश्वकप फुटबलमा सन् १९८६ मा चौथो भएको बेल्जियमले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ