arrow

भारी वर्षापछि बाजुरामा बाढी, पशु चौपाया मरे

logo
प्रकाशित २०७३ असार ८ बुधबार
Bajura-hamrakura.jpg.jpeg
प्रेम रौले, बाजुरा । देशभर सक्रिय भएको नुसनले पश्चिमी भेकमा भारी वर्षा भएपछि अधिकांश ठाउँमा बाढीले क्षति पुर्याएको छ । मंगलबार दिउँसो परेको भारी वर्षाले बाजुरामा समेत बाढीले क्षति गरेको छ । मानवीय क्षति नभएपनि पशु चौपाया र घर टहरा बगाएको बताइएको छ । पाण्डुसैन गाविसमा बाढीले दुई चौपाया मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 
 
बाढीले पाण्डुसैन–१ का गगन गिरीका दुई चौपाया मरेको प्रहरी नायव उपरीक्षक दल  बहादुर बोगटीले बताए ।  भारी वर्षाले आएको बाढीले सोही ठाउँका राजु पाध्याय, पूर्ण चन्द्र जैशी, परमलाल जैशीको पसल भत्काएर सामान बगाएको बोगटीले बताए  । यस्तै, गणेश जोशी र देव बहादुर विष्टको घर बाढी पसेपछि चर्किएको प्रनाउ बोगटीको भनाई छ । 
 
बाढीले खेतमा राखिएका कोदो र धानको बीउ बालुवाले पुर्दा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असारको महिना रोपाई गर्नका लागि राखिएको बीउहरु बालुवाले पुरिदिए पछि खेतहरु बाँझै रहने भन्दै कृषक चिन्तित भएका छन् । मौसम पूर्वानुमान महाशाखाले संगलबार पूर्वी र पश्चिमी भेकका केही स्थानमा भारी वर्षा हुने अनुमान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ