arrow

आन्तरिक असन्तुष्टिले नेविसंघमा कुटाकुट

logo
प्रकाशित २०७३ असार ८ बुधबार
indu-sharma.jpg.jpeg
काठमाडौं ।  कांग्रेको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच बुधबार कुटाकुट भएको छ । ‘अबको शिक्षा नीति कस्तो हुने भन्ने विषयमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रूपमा बोलाएर आयोजना गरिएको कार्यक्रममै आपसमा कुटाकुट भएको हो । 
 
प्रमुख अतिथि पौडेलले बोलेर बाहिर निस्किएसँगै केन्द्रीय सदस्य इन्दू शर्माले आफूलाई बोल्ने समयदिन उद्घोषकसँग आग्रह गरेका थिए। उनले कार्यक्रममा एकजना पनि विद्यार्थी नेतृहरुलाई वोल्न नदिएको बारेमा विरोध गरेका थिए। यसरी उनले एक्कासी विरोध जनाएपछि नेविस‌ंघ केन्द्रीय सदस्य ऋषिकेषजंग शाह र काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्य समूहका कार्यकर्ता एक्कासी शर्मामाथि जाई लागेपछि एकैक्षणमा बागबजारको हार्दिक होटल परिसर तनावग्रस्त बन्यो । घाइते शर्माले आफूलाई पहिले शाहले हात हालेको अस्पतालबाट जानकारी दिए। शाह पार्टी सभापति शेर बहादुर देउवा निकट हुन। 
 
कुटपिटबाट घाइते भएका शर्माको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । बैद्य काँग्रेस नेता प्रकाशमान सिंह नजिक मनिन्छन् भने शर्मा पूर्व नेविसंघ अध्यक्ष महेन्द्र शर्मा निकट मानिन्छन् । महेन्द्र शर्मा दिवंगत पूर्व पार्टी सभापति सुशील कोइराला निकट थिए । कुटाकुट गर्ने दुबै समुह पुरानो संस्थापन निकट अलग अलग गुटका हुन् । 
 
अध्यक्ष रञ्जित कर्णको अनुपस्थितीमा कार्यवाहक अध्यक्ष सानु महर्जनले सभापतित्व गरेको सो कार्यक्रममा हानाहान भएसँगै सबै जनाको भागा–भाग भएको थियो । त्यसपछि आक्रोशित समूहले मञ्च तोडफोड गरेका थिए। नेविसंघका केन्द्रीय सदस्य मोतीलाल भण्डारीले यसरी हाना हान भएपछि कार्यक्रम स्थगित भएको जानकारी दिए । 
 
महाधिवेशनको मुखमा यस्तो गतिविधि हुनु सबैको लागि दुखद् रहेको भन्दै यस्तो गतिविधि गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि उनले गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ